१४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलसेनमा सुरु

Purnima Mobile
Samajik Bal biwaha

६ माघ ( चक्र प्रसाद जैसी ) मंगलसेन – अछाम सदरमुकाम मंगलसेनमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलसेन बृहत खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

Mangala Bharna

अछाम क्षेत्र नम्बर २ का संघीय सांसद पुष्पबहादुर शाहले उद्घाटन गरेको प्रतियोगितामा जिल्लाका दश वटै स्थानीय तहका खेलाडीहरु सहभागी छन् । उनीहरु पालिका स्तरबाट उत्कृष्ट बनेर जिल्ला स्तरको उपाधिका लागि मैदानमा उत्रिएका हुन् । जिल्ला खेलकुद समिति अछामको आयोजना तथा मंगलसेन नगरपालिकाको सहआयोजनामा सुरु भएको प्रतियोगितामा भलिबल, कबडी लगायत दर्जनौ खेलहरु खेलाईने छ ।

Mellekh RM1

उद्घाटन समारोहमा दश वटै स्थानीय तहबाट सदरमुकाम आएका खेलाडीहरुले मार्चपास गरेर अतीथिहरुलाई खेल मैदानमा भब्य स्वागत गरेका छन् । सभामा खेलाडीहरुले गरेको स्वागतपछि सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतीथि संघीय सांसद शाहले जबसम्म खेल क्षेत्रको विकास हुँदैन तबसम्म अन्य कुरामा समेत प्रगति हुन नसक्ने बताउनु भएको छ । खेलाडीहरुले देशलाई अन्तराष्ट्रिय स्तरसम्म पहिचान गराएपनि उनीहरुका लागि कुनै उल्लेख्य सुविधा दिन नसक्नुले खेलाडीहरु निराश बनेको उहाँले बताउनुभयो ।

Saud Agro Kailash

उहाँले राष्ट्र र स्वास्थ्य दुबैका लागि खेल आवश्यक रहेकाले यसमा ठुलो लगानी जरुरत रहेको समेत बताउनुभयो । तर खेलाडीहरु पनि अनुसासित हुनुपर्ने उहाँको भनाई छ । स्थानीय सरकारको योजनामा यो क्षेत्रको खेलकुदको विकासका लागि केन्द्रमा समेत पहल गरिने बताउदै प्रतीनिधिसभा सदस्य शाहले जिल्लामा समेत सबै जनप्रतिनिधि र दलका नेताहरु विकासका लागि एक ठाँउमा उभिनुपर्ने बताउनुभयो ।

उद्घाटन समारोहमा बिशिष्ठ अतीथिका रुपमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवरले खेलकुदको बिकासमा एकताका साथ अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । उहाँले अहिले स्थानीय सरकारले युवा बर्गलाई खेलकुद प्रति आर्कषित हुने कार्यक्रम तयार गर्नुपर्ने बताउनुभयो । अछाम जिल्लाका दश वटै स्थानीय तहहरुको प्रतिनिधित्व गर्दै मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले खेल र खेलाडीकै विकासका लागि स्थानीय तहहरुमा गर्नुपर्ने कैयौं काम बाँकी रहेकाले आफुहरु त्यसतर्फ लाग्ने बताउनुभयो ।

कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले खेलाडीको उचित सम्मानका लागि राज्यका निकाय अग्रसर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्लाका दश वटै स्थानीय तहका प्रमुख सहित, राजनीतिक दल लगायत जिल्लाका अन्य सरोकारवालाहरुको पनि उपस्थीति रहेको थियो । जिल्ला खेलकुद समितिका अध्यक्ष केशर खड्काको अध्यक्षतामा भएको उद्घाटन समारोहमा समितिका उपाध्यक्ष बमबहादुर साँउदले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत रावलले गर्नुभएको थियो ।

यसैबिच प्रतियोगिता अन्र्तगत आज पहिलो दिन दौड प्रतियोगिता भएको छ । आज भएको १५ सय मिटरको दौड प्रत्योगीतामा छात्रातर्फ पञ्चदेवल बिनायक नगरपालिका प्रथम भएको छ भने छात्रतर्फ मेल्लेख गाउँपालिका प्रथम भएको छ । प्रतियोगीतामा बिजेता हुने खेलागीहरुलाई मेडल र प्रमाणपत्र बितरण गरिएको तुर्माखाँद गाउँपालिका खेल प्रशिक्षक कमल बुढाले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्र्तगत भोली भलिबल, कबड्डी, ३ हजार, ८ सय, ४ सय र २ मिटरको डौड खेल हुने आयोजकले जनाएको छ । यही माघ १० गते सम्म संचालन हुने प्रतियोगितामा दौड, कबडी, भलिबल, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सर्टपुट, कराते लगायत एथ्लेटीकका सबै खेलहरु समावेश गरिएका छन् ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.