मंगलसेन नगरपालिका १ मा सालका पातबाट पैसा बनाउने तालिम सम्पन्न

राम्रो गर्नेलाई नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख बोहराको प्रतिवद्धता

Purnima Mobile
Samajik Bal biwaha

मंगलसेन नगरपालिका १ मा १० दिने दुना टपरि सम्वन्धि सिप विकास (सालका पातबाट पैसा बनाउने) तालिम सम्पन्न भएको छ । मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना, मंगलसेन नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय अछामको साझेदारी तथा वडानम्वर १ को समन्वयमा संचालन भएको तालिमको एक कार्यक्रमका विच समापन गरिएको हो ।

Mangala Bharna

मालिका सामुदायिक सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले सिप सिकेर उद्यमी वन्दै राम्रो कार्य गर्नेलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । बढिभन्दा बढि दुना टपरी उत्पादन गरेर व्यवसायीक बन्न आग्रह गर्दै राम्रो गर्दै गएमा नगरले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । सालका पातबाट दुना टपरी उत्पादन गर्ने कुरा नगरपालिकाको परिचय र पहिचान संगै स्थानीयको आयश्रोतको माध्ययम पनि बन्ने उल्लेख गर्नुभयो ।

Mellekh RM1

कार्यक्रका बिशिष्ट अतिथि वडानम्वर १ का अध्यक्ष लोकराज नाथले तालिम महत्वपूर्ण भएको भन्दै थप उपलव्धि र व्यवसायमुलक रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । सिकेको सिपलाई सहभागिहरुले कार्यान्वयनमा लैजान सकेमात्र तालिमको औचित्य हुने उहाँको भनाई छ ।

Saud Agro Kailash

कार्यक्रममा कार्यपालिका सदस्य हंश थापा राना, घरेलु तथा साना उद्योग कार्यालय अछामका निमित्त कार्यालय प्रमुख चेतराज पनेरु, पूर्व वडा अध्यक्ष गोपाल थापा, नेकपा माओवादी केन्द्रका मंगलसेन नगर कमिटी सचिव कमल थापा, तालिम प्रशिक्षक भावना पुलामी मगर लगायतका अतिथि रहनुभएको थियो । सहभागीको तर्फबाट चन्द्रकला जैगडी र पदम साउदले मन्तव्य राख्दै आफुहरु व्यवसायीक रुपमा दुना टपरी उत्पादन गर्न तयार रहेको र अवका दिनमा प्रविधि तथा सहयोग उपलव्ध गराउनुपर्ने माग राख्नुभएको थियो ।

यहि पौष २७ गतेबाट सुरु भएको तालिममा मंगलसेन नगरपालिका वडा नम्वर १ का ११ जना स्थानीयको सहभागिता रहेको थियो । सिकाई केन्द्रका उपाध्यक्ष मनिराम थापाले स्वागत मन्तव्य राख्नुभएको तालिम समापन कार्यक्रमको संचालन सचिव गणेश बहादुर थापाले गर्नुभएको थियो ।

केही तस्बिरहरुः

 

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.