कम्युनिस्ट पार्टी क्रान्तिमा सफल शान्ति मा असफल किन ?

बालाराम उपाध्यायः

Samajik New Add 2082

श्रमजीवी सर्बहारा बर्गको अधिनायकत्व स्थापना गरि समाजवाद को लक्ष्यमा पुग्ने उद्देश्यबाट गठित कम्युनिस्ट पार्टीको उमेर सात दशक कटिसकेकोछ । सत्ता मा भन्दा आन्दोलन र क्रान्ति मा रमाउने कम्युनिस्ट हरु बैचारिक एकता रहदा महान नेता र बैचारिक भिन्नता देखिदा एकले अर्कोलाई गद्दार को उपमा दिने र कम्युनिस्ट पुच्छर जोडेर अर्को नामाकरण गर्दै छुट्टिने गर्दै, कहिले फुट्ने कहिले जुट्ने गर्दै यो ब्यबस्था सम्म आइ पुगेका नेपाल का कम्युनिस्ट पार्टी हरुले अनेकौं आरोह अवरोह पार गर्दै आए । भुमिगत जिवन देखि जेल जीवन, धर पकड, गोलि डण्डा मात्रै हैन टाउको को मुल्य समेत तोकिएको चरम संकटकालिन अवस्था लाई समेत झेल्न बाध्य भए ।

कसैकसैलाइ लाग्दो हो ! यो आजको संघीय लोकतान्त्रिक ब्यबस्था सजिलैसँग प्राप्त भयो । यहाँ कसैको त्याग र बलिदानि को के अर्थ ? किन र केको लागि ? तर धेरै ठुलो संघर्ष र बलिदान को उपज हो यो ब्यवस्था। नेपाल का जसले आफुलाइ पुजीवादी भन्न रुचाउने दल र समाजवादी भन्न रुचाउने दल हरु को सामुहिक प्रयास बाट यहाँ सम्म आइ पुगेकोकुरा सत्य हो । विशेषगरि नेपाल मा कम्युनिस्ट पार्टी प्रतिको जन बिश्वास र भरोसा कमजोर छैन । टुटफुट र बिभाजन को कारण कसै न कसैको सहाराले सरकार संचालन गर्नु, आफ्नै लाई धारे हात हान्दै गालि गर्नु, माक्र्सवाद, माओवाद जस्ता बाद हरुको सुवा रटाइ गर्नु, पार्टी एकता बिभाजन, पुनः बिभाजन र एकता मा रुमल्लिनु आदि समस्या ले गर्दा शुसासन दिन न सक्नु मुख्य कारण हो ।

जसरि आफुलाइ अब्बल क्रान्तिकारी देखाउन आन्दोलन र क्रान्ति मा चिप्ला भाषण गर्दै जनताहरु लाई संगठित गर्दै जनताका माग र मुद्दाहरु राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित गरे पार्टी लाई बलियो बनाए र जनमतको माध्यम बाट सरकार मा पुगे, अनि शुरु भयो ओरालो यात्रा ।नेपालको राज्य संयन्त्र, विश्व भू- मंडलीकरण को जबर्जस्त दवाब र प्रभाव, आन्तरिक र बाह्य तत्त्वलाई ब्यबस्थापन गर्न न सक्नु, जडता मा अडिनु अर्थात आफुलाइ समय र परिस्थिति अनुसार रुपान्तरण गर्न न सक्नु, अन्तर्राष्ट्रिय राजनीतिमा भएको फेरबदलमा चनाखो हुन न सक्नु अर्को समस्या कम्युनिस्ट पार्टी मा रहेको देखिन्छ ।

यसै क्रममा म नेपाल का दुइटा ठुला कम्युनिस्ट पार्टीको बारेमा छोटो चर्चा गर्न चाहन्छु । चिन मा माओ ले गरेको क्रान्ति बाट प्रभावित भइ गाउँ बाट शहर घेर्ने,जनसत्ता गठन गरि जनसेना निर्माण गर्दै राज्य सत्ता कब्जा गर्ने योजना सहित २०४८ सालमा दीर्घकालीन जनयुद्धको रणनीति र कार्यनीति लिइ मालेमा वाद को मार्गदर्शक सिद्धान्त पारित गर्दै २०५२ बाट जनयुद्धको शुरुआत गर्दै अघिबढेको माओवादी आन्दोलन १२ बुदे सहमति र बृस्तित शान्ति सम्झौता मा आएर रोकियो । यसले जनता मा एक प्रकारको आसा पलायो। जनता ले २०६४ सालको पहिलो संविधान सभा को निर्वाचन मा सबभन्दा ठुलो पार्टीको रूपमा निर्बाचित गराए । जनताको माझ मा गरेका बाचा र प्रतिबद्धता पुरा गर्न अथवा बोलि र व्यबहार मा एकरूपता न देखिए पछि यस पार्टी पर्ति जनताहरु रिसाए । युद्धकालिन पार्टी को संगठनिक संरचना युद्धकालिन कार्य शैलीले संसदिय ब्यबस्थामा काम गर्न सकेन।नेतृत्व को कार्यशैली मा पनि खाशै परिवर्तन देखिदैन।माओवादी कै नीति र योजना मा देश अगाडी बढिरहेको छ तर माओवादी को जनमत घट्दो छ । नयाँ पिढिले खोजेको बिकास र योजना मा अघि बड्दै देशमै रोजगारी शृजना गर्ने र जनताको माग र चाहना अनुसार अघि बढ्ने आफ्नो पार्टीको आन्तरिक संरचना र कार्यशैली मा ब्यापक परिबर्तन गरि नयाँ निति र योजना ल्याएर अघि बढे मात्रै माओवादी मजबुत हुन्छ जस्तो मलाई लाग्छ ।

माले र माक्र्सवादी मिलेर बनेको नेकपा एमाले २०४९ साल बाट जनताको बहुदलीय जनवाद को सिद्धान्त मानेर माक्र्सवाद र लेलिनवाद लाई मार्गदर्शक लिएरजनताको अभिमत मार्फत अघि बढेको लोक प्रिय कम्युनिस्ट पार्टीको रूपमा स्थापित छ । २०५१ साल को अल्पमत को सरकार जुन मनमोहन अधिकारि को नेतृत्व मा बनेको थियो जसले आफ्नो गाउँ आफै बनाऔं भन्ने नारा मार्फत अत्यन्तै लोकप्रीयता हासिल गर्न सफल भयो पनि। मजबुत संगठन भएको पार्टीको रुपमा स्थापित एमाले निर्वाचन मार्फत जनतालाई बिकास र सुसासन दिएर समाजवाद सम्मको यात्रामा हिडेको देखिन्छ । चुनाव मा जाने चुनाव जित्ने र जनताको पक्षमा काम गर्ने । जबज भनेको यहि हो । यतिले अहिले को प्राप्त उपलब्धि को रक्षा गर्दै आगामी समाज वादको यात्रा तय हुन्छ त ? एमाले पार्टी मा नयाँ बसह हुन जरुरी छ । के नयाँ पुस्ताले यो कुरामा चित्त बुझाउछ्न त ? बिभाजित कम्युनिस्ट आन्दोलन लाई एकिकृत गर्दै बृहत कम्युनिस्ट पार्टी निर्माण गर्न सकिन्छ त ?  एमाले ले पनि नयाँ निति कार्यक्रम र योजना पार्टी मा ल्याउन जरुरी छ । हैन भने एमाले ले पनि अपेक्षित उपलब्धि हासिल गर्न सक्छ जस्तो मलाई लाग्दैन ।

एमाले र माओवादी जो ठुला कम्युनिस्ट पार्टीको रूपमा स्थापित छन् यि दुबै पार्टी हरुले दम्भ र घमण्ड न गरि गहिरोआत्म समिक्षा गर्दै आगामी एकताको बाटो तय गर्नुपर्छ । अब भासण र आश्वासन ले जनता पत्याउनेवाला छैनन् । उहि नीति उहि नेतृत्व, उहि शैलि उहि स्वभाव यस बाट न जनताको मन जित्न सकिन्छ न कम्युनिस्ट आन्दोलन को रक्षा हुन्छ । अब जनताको इच्छा, बिपरित जाने छुट कसैलाई छैन र जान पनि सक्दैनन् । श्रम मा बिश्वास गरौ श्रमिकको सम्मान गरौं, उत्पादनमा वृद्धि गरौं, रोजगारी सृजना गरौं । युवा पलाएन रोकौ । आन्दोलन र क्रान्ति मा गरेको बाचा र प्रतिबद्धता सम्झिदै सतहि हैन बस्तुगत तरिकाले देश र जनता सित एकाकार गरौं, अनि पो जनताको बिच मा बाडेका सपना पुरा गर्न सकिन्छ र जनताको साथ समर्थन पाइन्छ । अन्यथा असफलता को यात्रामा कम्युनिस्ट आन्दोलन । आन्दोलन र क्रान्तिका कुराले जनता पत्याउने अवस्था देखिदैन। गम्भीर समिक्षा गरौं र एकता बद्ध बनौ ।

(लेखक उपाध्याय नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा अधिवक्ता समेत हुनुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.