
शीर्षकः बहिरो म

म ठुलो मास मा छु,
कोलाहल जस्तै छ,
आवाज सुनको छैन,
बहिरो म, उहि मान्छे हुँ ।

चुनाव मा राशन दिने,
त्यही मान्छे हो ।
आज भाषण दिने,
त्यही भएर होला ।
फेरी झुटो बोल्यो कि,
एकचोटी धेरै सोचे,
कान मा रुवा कोचे,
उ त्यही भ्रष्टाचार गर्ने मान्छे हो ।
जो सु-साशन र पारदर्शीताको,

कुरा गर्दै छ,
बालुवा गिट्टी मा समेत,
कमिशन खोज्द छ,
उ ठिक्क छ भ्रष्टाचार गर्न,
ठिक्क छ उसलाई रवाफमा वस्न ।
उसले पनि त सोच्यो होला ?
नेपाल गफले चलेको छ,
भ्रष्टाचार गरेको छ,
मैले पनि सानोतिनो झुट,
बोल्दा के होला,
जनता लाई लाटा सोच्यो,
हर ठाउ मा कमशिन खोज्यो,
जनता मुल्याङ्कन गर्दैछन ।
उ गफ गर्न ठिक्कै छ,
किनकी उसको भाषण,
बिक्दै छ,
जनता कम्जोर सोच्यो,
त्यही जनता ले पालिका बनाए,
साफेबगर लाई चकित बनाए,
हराए वडा हराए,
साफेलाई चिनाउने,
पहिचान हराए ।
म साहित्य हु,
सत्य बोल्न झुक्ने छैन,
म सत्य बोल्दा,
मर्छु भने लुक्ने छैन,
म आफ्नो पहिचान,
अभियान्ता ले गराउदै छु,
म बात्ती हु,
दियो भित्र हराउदै छु ।
म ठुलो मास मा छु,
कोलाहल जस्तै छ,
आवाज सुनको छैन,
बहिरो म, उहि मान्छे हुँ ।
✍️ सुदिप
