विश्वकप प्रिभ्यु : उपाधि जितेका ७ सहित २० टोली, फाइनल खेल हुन नसके के हुन्छ ?

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आइतबार सुरु हुँदै छ। अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा सहभागी हुन सबै टोली अहिले पुगिसकेका छन् । सहआयोजक अमेरिकाले घरेलु मैदानमा क्यानडासँग खेल्दै विश्वकप २०२४ को सुरुवात गर्नेछ । विश्वकपको पहिलो खेल डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा हुनेछ । विश्वकपको अन्तिम खेल भने बारबडोसको ब्रिजटाउनमा हुनेछ ।

अमेरिकाले पहिलोपटक आईसीसीको ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो। वेस्ट इन्डिजले भने यसअघि सन् २००७ मा ५० ओभरको विश्वकप र सन् २०१० मा टी–२० विश्वकपको आयोजना गरिसकेको छ । उसले दुई महिला टी–२० विश्वकपको आयोजना पनि वेस्ट इन्डिजले आयोजना गरिसकेको छ ।

विश्वकप जितेका ७ सहित २० टोलीको सहभागिता

नवौँ संस्करणको विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् । नवौँ संस्करणसम्म आइपुग्दा सात टोलीले विश्वकपको उपाधि जितेका छन्। अहिलेसम्म वेस्ट इन्डिज र इङ्ल्यान्डले समान दुई पटक विश्वकपको उपाधि उचालेका छन् । पहिलो पटक सन् २००७ मा भएको पहिलो विश्वकप भारतले जितेको थियो। २००९ को विश्वकप पाकिस्तानले २०१० र २०२२ को उपाधि इङ्ल्यान्डले उचालेको छ ।

सन् २०१२ र २०१६ को उपाधि वेस्ट इन्डिजले तथा २०१४ को उपाधि श्रीलंकाले र २०२१ को उपाधि अस्ट्रेलियाले जितेको छ । यो विश्वकपमा अहिलेसम्म नै धेरै टोलीले सहभागिता जनाउन लागेका हुन्। विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान पक्का गर्नेछन्। सुपर आठमा पुगेका टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। सुपर आठबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

कुन टोली कसरी छानिए?

Mangala School 2081 subhakamana

सन् २०२४ को विश्वकप अमेरिका र वेस्ट इन्डिजका नौ स्थानमा आयोजना हुनेछ । वेस्ट इन्डिज र अमेरिका आयोजकका रुपमा विश्वकपका छनोट हुँदा सन् २०२२ का शीर्ष ८ टोलीले सोझै विश्वकपका स्थान बनाएका हुन् । इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, अस्ट्रेलिया र नेदरल्यान्डस् सन् २०२२ मा शीर्ष ८ मा रहँदै यो विश्वकपका लागि छनोट भएका हुन् ।

यस्तै अफगानिस्तान र बंगलादेशले भने टी–२० वरीयताको आधारमा विश्वकपका स्थान बनाएका हुन् । आयरल्यान्ड र स्कटल्यान्ड युरोपियन छनोट, क्यानडा अमेरिकी छनोट, नेपाल र ओमान एसिया छनोट, नामिबिया र युगाण्डा अफ्रिका छनोट चरण पार गर्दै विश्वकपका पुगेका हुन् । पपुवा न्यु गिनीले भने इस्ट एसिया प्यासिफिक छनोट विजेता बन्दै विश्वकपमा पुगेको हो ।

मौसमले प्रभावित भए कम्तीमा ५ ओभरको ब्याटिङ

विश्वकपको समूह चरण र सुपर आठका खेलमा खराब मौसमका कारण वा वर्षाका कारण खेल प्रभावित हुँदा खेलमा कम्तीमा पाँच ओभरको ब्याटिङ गर्न सक्नेछन् । यस्तै पहिलो सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ । तर दोस्रो सेमिफाइनलमा भने ‘रिभर्ज डे’ राखिएको छैन । किन कि त्यसको एक दिनपछि नै फाइनल भएकाले ‘रिजर्भ डे’ नराखिएको आईसीसीले जनाएको छ ।

विश्वकपको सेमिफाइनलका लागि २ सय ५० मिनेट अतिरिक्त समय तोकिएको छ । पहिलो सेमिफाइनल जुन २६ का लागि ६० मिनेट अतिरिक्त समय राखिएको छ। त्यो दिन मौसमका कारण खेल ढिला हुँदा यो समयले कभर गर्नेछ। अर्को दिन भने स्थानीय समय अनुसार दिनको २ बजेबाट थप १ सय ९० मिनेट हुनेछ । जुन २७ मा हुने दोस्रो सेमिफाइनमा निर्धारित दिनमा नै २ सय ५० मिनेट अतिरिक्त समय तोकिएको छ । किनकि दोस्रो सेमिफाइलको ‘रिजर्भ डे’ नभएकाले लामो समय तोकिएको हो । जुन ३० अर्थात् फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ। यसको दुई दिन नै १ सय ९० मिनेट अतिरिक्त तोकिएको छ ।

फाइनल खेल हुनै नसके दुवै टोली संयुक्त विजेता

पहिलो सेमिफाइनल र फाइनलको खेल तोकिएको समयमा सुरु हुन नसके दुवैका लागि १० ओभरमा घटाइएको आईसीसीले जनाएको छ । तर मौसमका कारण त्यो दिन खेल पूरा हुन नसके ‘रिजर्भ डे’मा जहाँबाट खेल रोकिएको थियो त्यहीबाट पुनः सुरु हुनेछ । यदि खराब मौसमका कारण सेमिफाइनलका खेल हुन नसकेको अवस्थामा भने सुपर ८ मा आफ्नो समूहमा शीर्ष स्थानमा रहने टोली फाइनलमा पुग्ने प्रावधान राखिएको छ ।

सेमिफाइनल खेल सुपर ओभरमा पुगे र मौसमले खेल पूरा हुन नसके पनि सोही नियम लागू हुनेछ । विश्वकपको फाइनल खेल पनि वर्षाका कारण हुन नसके वा सुपर ओभरमा पुगेर पनि खेल पूरा हुन नसकेको अवस्थामा दुवै टोलीलाई संयुक्त रुपमा विजेता घोषणा गरिनेछ । -Nepalkhabar

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.