मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले कला संस्कृतिको संरक्षण सम्वर्दनका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताउनु भएको छ । कला संस्कृति भनेको हाम्रो पहिचान र सभ्यता भएकाले यसको संरक्षण र सम्वर्दनका लागि नगरपालिका स्थानीय सरकारको हैसियतले सबै किसीमका सहयोग गर्न तयार रहेको बताउनुभयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानले बिहिबा अछामको ठुलासैनमा आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै नगर प्रमुख बोहराले प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेर निकै राम्रो काम गरेको बताउदै यस कार्यको प्रशंसा गर्नुभएको थियो । हाम्रो कला संस्कृति प्रति अहिले पनि नागरिकहरुको उतिकै आकर्षण रहेकाले यसको थप विकासका लागि नगरपालिका आवश्यकपर्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । हाम्रो कला संस्कृति रहे मात्रै हाम्रो अस्तीत्व रहने भएकाले पछिल्लो समयमा लोप हुन थालेका पुराना कला संस्कृति संरक्षणका लागि यस्ता अभियानहरुको खाचो रहेको बताउनुभयो । बेला बखत यस्ता कार्यक्रम गरेको खण्डमा हाम्रो कला संस्कृतिको पनि संरक्षण हुने र मनोरञ्जनका हिसाबले पनि स्थानीयलाई राम्रो हुने विश्वाश ब्यक्त गर्नुभएको छ ।
कला, संस्कृतिलाई संरक्षण गर्ने कार्यमा संघीय सरकार संगै प्रदेश र स्थानीय सरकारको भूमिका बढी हुने बताएका छन् । कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वद्र्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पु¥याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ, हाम्रो लोक देउढा लाई जोगाउनका लागि तपाई हामी सबैले हातेमालो गर्नुपर्ने र त्यका लागि नगरपालिका हरेक कुरा सहयोग गर्न तयार रहेको समेत बताउनुभयो । यस क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रवर्द्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचारप्रसार गर्ने लगायतका उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो’, नगर प्रमुख बोहराको भनाई रहेको छ ।
हाम्रो जिल्लाको कला संस्कृति भनेको छुट्टै इतिहास बोकेको क्षेत्र भएकाले हामीले हाम्रो देउडालाई जोगाएर विश्वभर यसको प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनुभयो । अहिले धेरै कुराले हामी पछाडी परेका छौ अलिकति लगानी बढाएर हाम्रो देउडा, यहाको अन्य लोप हुन थालेका कला संस्कृतिलाई पनि संग संगै अघि बढाउन आवश्यक रहेको बताउनुभयो । ‘हामीले हाम्रो देशलाई समृद्ध पनि बनाउनुपर्नेछ, संस्कृतिलाई समृद्ध बनाएर समृद्धि र खुसी हामीले सँगसँगै ल्याउनुछ, जसका लागि हामीले हाम्रा यस्ता कला संस्कृतीको संरक्षण्मा जोड दिए मात्रै यहा पर्यटकहरु आउने र यही संस्कृति हेरेर अन्य ठाउका पर्यटकहरु आउने विश्वाश ब्यक्तगर्नुभएको छ ।
हाम्रो पालिका संस्कृतिहरूलाई कसरी सम्बद्र्धन गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छ’, नगर प्रमुख बोहराले भन्नुभयो ‘स्थानीय सरकारले, प्रदेश सरकारले केन्द्रीय सरकारले हरेकले आ–आफ्ना ठाउँबाट यो संस्कृतिलाई अगाडि बढाउनका लागि, यसलाई एउटा इतिहाससँग जोड्नका लागि र हाम्रो संस्कृतिलाई अझै माथि उचाइमा ल्याउनका लागि सबैले ध्यान दिएर काम गर्नुपर्छ भन्दै उहाले नेपालका मौलिक संस्कृतिहरूको संरक्षण र सम्बद्र्धनका लागि स्थानीय सरकारबाट गर्न सक्ने सबै खालका सहयोगहरू पु¥याउन प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस क्षेत्रको होरी, पुतला, न्याउले, हुड्केउली, नाच संरक्षणका लागि स्थानीय सरकारले केही न केही सहयोग गर्ने भन्दै कला र संस्कृति संरक्षणमा जुट्नका लागि हाम्रो जिल्लाका सबै तहका नागरिकहरुले आ आफ्नो क्षेत्रबाट एक भएर काल र संस्कृति जोगाउनका लागि लागे मात्रै यहाको हाम्रो कला संस्कृतिको संरक्षण र सम्वर्दन भएर जाने बताउनु भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश स्थानीय सरोकारावाले पनि यो कार्यक्रम निकै प्रभावकारी कार्यक्रम भएकाले यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । हामी सबैका लागि यो कार्यक्रम महत्वपुर्ण छ यस्ता कार्यक्रमलाई आगामी दिनमा स्थानीय सरकार अझ जनताको नजिकको सरकार वडा सरकारले सबैभन्दा बढि पहल गर्न आवश्यक रहेको बताउनुभयो । विगतका केही बर्ष भन्दा दुई चार बर्षभयो अहिले हाम्रो कला संस्कृति संरक्षण गर्ने खालका कार्यक्रमहरु हुन थालेका छन ।
प्रतिष्ठानका अध्यक्ष देबेन्द्र भाटको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथिको आशन बाट बोल्दै राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठानका प्रदेश अध्यक्ष पुर्ण प्रसाद भाटले प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता गतिविधिहरुलाई तिब्रता दिने बताउनुभयो । मंगलसेनमा मात्रै नभई जिल्लाका १० वटै पालिकाहरुमा यस्ता कला संस्कृति संरक्षणका लागि कागर्ने बताउदै यसका लागि प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । यस क्षेत्रको कला संस्कृति संरक्षणका क्षेत्रमा थुप्रैकामहरु गर्न बाकी रहेकाले यस तर्फ सरोकारवालाले पनि ध्यान दिन आवश्यक रहेको अध्यक्ष भाटको भनाई छ ।
कार्यक्रममा मंगलसेन नगरपालिका वडा न १ का अध्यक्ष लोकराज नाथ,वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा न ४ का अध्यक्ष नाम सिं धामी, वडा न ५ का अध्यक्ष झंरक प्रसाद भाट, वडा न ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी, वडा न ७ का अध्यक्ष राज बहादुर शाही लगायत विभिन्न दलका नेता, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न ठाउ बाट आएका स्थानीय कलाकारहरुले विभिन्न सांगीतक प्रस्तुतीहरु राखेका थिए भने खेलाउडी अमना रोकाया लगायतका कलाकारहरुले न्याउले खेल समेत खेलेका छन । कार्यक्रमको संचालन रुद्र बिक र ललीत रैगाईले गर्नुभएको थियो ।