अखिल क्रान्तिकारी अछामको १५ औं जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको सम्मेलनको बन्दसत्रले पंकज साउदको नेतृत्वमा सर्वसम्मत जिल्ला कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा रबिन्द्र साउद, टंक नेपाली, गिता बि.क., सचिवमा बम रावल, सहसचिव मनोज भुल, सुरेश देबकोटा, कर्ण नेपाली, सरिता बुढा र कोषााध्यक्षमा लक्ष्मी उपाध्याय लगायत ३५ सदस्य रहेका छन । नव निर्वाचित जिल्ला कमिटीलाई संगठनका केन्द्रिय उपाध्यक्ष मदन भुल, प्रदेश ईञ्चार्ज भीम भट्ट, केन्द्रिय उपमहाँसचिव गम्भिर साउद लगायतका नेताहरुको उपस्थितिमा सपथ ग्रहण गराईएको छ ।
यसअघि जिल्ला अध्यक्ष लाल बहादुर साउदको अध्यक्षतामा भएको सम्मेलनको उदघाटन सत्रमा संगठनका केन्द्रिय उपाध्यक्ष मदन भुल, सुदूरपश्चिम प्रदेशका निवर्तमान आर्थिक मामिला मन्त्री अक्कल बहादुर रावल सहित संगठनका केन्द्रिय पदाधिकारी र पार्टीको जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो ।