संविधान दिवसकाे अवसरमा मङ्गलसेनमा प्रभातफेरी सहित शुभकामना आदानप्रदान

Kirci Gyan Kendra

अछाम, २ असाेज:
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ काे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम मङ्गलसेन खुल्लामञ्चमा सम्पन्न भएको छ । जिल्ला स्तरीय कार्यक्रम आयाेजक समितिकाे आयाेजनामा मङ्गलसेन बसपार्कबाट प्रभातफेरी कार्यक्रम सहित बजार परिकर्मा गरि खुल्ला मञ्चमा औपचारिक कार्यक्रम गरिएको हाे ।

Samajik New Add 2082

जिल्ला समन्वय समिति प्रमुख ललित कुवरकाे अध्यक्षतामा भएको कार्यक्रममा मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहरा, जिल्ला समन्वय समिति उपप्रमुख दानमती शाही, मङ्गलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावल, प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, नेपाली काङ्ग्रेस अछामका कार्यवाहक सभापति नयाँराम बजगाई, नेकपा एमालेका जिल्ला अध्यक्ष चन्द्र बाेहरा, नागरिक समाजका अध्यक्ष शंकर रावल, पत्रकार शिवराज ढुंगाना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

Saud Agro Kailash

जिल्ला स्थित सुरक्षा निकाय र सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु, शिक्षक, विद्यार्थी र सराेकारवालाहरुकाे सहभागिता रहेकाे कार्यक्रमकाे सञ्चालन मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारीले गर्नुभएको थियाे ।

कार्यक्रमकाे अवसरमा निजामती कर्मचारी दिवसमा आयाेजित ब्याडमिन्टन प्रतियोगितामा प्रथम र दृतिय टिमलाई पुरस्कार वितरण र कर्मचारी संगम अछामले प्रकाशन गरेकाे स्मारिका विमाेचन समेत गरिएको थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.