धनगढीः ‘रेडअलर्ट’ जारी सुदूरपश्चिमका २ जिल्लामा २ दिन रात्रि बस चलाउन रोक लगाइएको छ ।
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रेडअलर्ट जारी गरिएको छ । कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरिएको हो। शुक्रबार सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ । केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेका जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय गरेको हो । मौसम पूर्वानुमान महाशाखाले यसअघि विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म भीषण वर्षाको चेतावनी दिइसकेको छ भने कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरेको छ ।
प्राधिकरणले कैलाली र कञ्चनपुरमा भने रात्रिकालीन बस चलाउन रोक लगाएको छैन । डोटी र अछाममा रात्रिबस चलाउन रोक लगाइएको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार रेडअलर्ट जारी भएका जिल्लामा असोज ११ र १२ गते रात्रिबस नचलाउन गृह मन्त्रालय मार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी भइसकेको छ ।
-dineshkhabar