मर्यादित महिनावारीका लागि अछाममा छाउगोठ मुक्त अभियान सञ्चालन, मङ्गलसेनमा पालिका स्तरिय अन्तरक्रिया गरियो

Purnima Mobile
Kirci Gyan Kendra

टेक बहादुर थापा , अछाम । छाउपडी कुप्रथाका विरुद्ध फेरि एक पटक प्रभावकारी अभियान संचालन गर्नुपर्ने एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन । यो कुप्रथाका विरुद्ध यसभन्दा अघि थुप्रै अभियान संचालन भएपनी अपेक्षा गरे अनुसारको परिणम आउन नसकेको भन्दै अब परिणम देखिने हिसाबले अभियान संचालन गर्न आवश्यक रहेको बताएका हुन ।

Samajik New Add 2082

अछामको मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकामा आयोजित मर्यादित महिनावारीका लागि छाउगोठ मुक्त अभियान अन्तर्गत सरोकारवाला संगको अन्र्तक्रिया कार्यक्रममा सहभागि जिल्लाका सरोकारवालाले यही कारणले जिल्लाले बदनामी कमाउनु परेको भन्दै अब यस भन्दा पछाडी अभियान संचालन गर्न नपर्नेगरि गतिविधि संचालनको आवश्यकक्ता रहेको बताएका थिए । यही कुप्रथाको कारणले जिल्लामा १४ जना महिला तथा किशोरीले अकालमै ज्यान गुमाएपनि अझै यो प्रथा समस्याकै रुपमा रहेकाले अब जिल्लाका सबै नागरिकहरुले एक पटक पुन यस गलत संस्कारका विरुद्ध विशेष अभियान नै संचालन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

Mellekh RM1

यस भन्दा अघि संचालन भएका अभियानले धेरै कुराहरुमा सुधार ल्याएपनी विचमा अभियान सेलाउदा फेरी पुरानै अवस्था देखिन थालेकाले पुन अर्को अभियानको खाचो रहेको औल्याएका थिए । सबै निकाय बाट इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गरेको खण्डमा यो यस्ता गलत प्रथाको अन्त्य गर्न सकिनेमा अधिकांश सरोकारवालाको भनाई थियो । मंगलसेनको कार्यक्रम नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँर प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै समन्वय प्रमुख कुवँरले यो प्रथालाई न्युनिकरण गर्नका लागि महिलाहरु बढि अग्रसर हुन आवश्यक रहेको बताउनुभयो । आज महिला नै अग्रसर नहुदा यस्ता घट्नाहरु दोहोरिने समस्या बढेकाले स्वयम महिला अग्रसर हुनुपर्ने र पुरुषहरुले पनि त्यसका लागि नेतृत्वदायी भूमिका खेल्न आवश्यक रहेको समन्वय प्रमुख कुवरको भनाई छ । समन्वय प्रमुख कुवँरले कुनैपनी दिदि बहिनी आफुलाई छाउ गोठमा बस्न बाध्य पारियो भने न्यायिक लडाइका लागि आएको खण्डमा आफ्नो तर्फबाट ११ हजार १ सय ११ रुपैया पुरस्कार प्रदान गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।

Saud Agro Kailash

कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले यसभन्दा अघि जतिपनि अभियानहरु संचालन भएन त्यी अभियानबाट राम्रो प्रभाव परेकाले यत्तिले मात्रै नपुग्ने भन्दै थप अर्को अभियानको खाचो रहेको बताउनुभयो । व्यवस्थापनको पाटो सबैभन्दा महत्पूर्ण भएकाले महिलाहरुले पनि यसको व्यवस्थापनमा ध्यन दिन जरुरी रहेको बताउनुभयो । यो अभियानको उदेश्यका बारेमा समेत जानकारी गराउदै नगर प्रमुख बोहराले यो कुप्रथा न्युनिकरणका लागि सबैको उत्तिकै जिम्मेवारी भएपनी जनप्रतिनिधि, राजनितिक दल, सामाजिक अगुवा, विभिन्न सरकारी तथा गैरसकारी संघ संस्थामा कार्यरत व्यक्तिहरु बढि सकृय हुनुपर्नेमा जोड दिनुभएको छ । यो कुप्रथा हटाएर हाम्रो नाक ठाडो पार्ने अभियानको सुरुवात भएकाले यस अभियानमा एकताबद्ध भएर लाग्न सबै जिल्लाबासीलाई अपील गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले अछाम जिल्लामा रहेको छाउपडी कुप्रथा न्युनिकरणका लागि सबै जिल्ला बासीले पुन एक पटक कटिबद्ध भएर अभियान संचालन गर्न आवश्यक रहेको बताउनुभयो । अछाम जिल्लामा थुप्रै राम्रा कामहरु भएपनि यही प्रथाका कारणले अन्य राम्रा गतिविधि ओझेलमा परेको भन्दै अब पनि यस्ता कुरितिका विरुद्ध हामी जुट्ने होइन भने यसले ठुलो रुप लिदै जाने प्रमुखजिल्ला अधिकारी लम्सालको भनाई छ । जिल्ला प्रशासन कार्यालय अछाम पनि यस्ता कुप्रथाका विरुद्ध संचालन भएका अभियानमा साथ दिन तयार रहेको र कानुन कार्यन्वयनको पाटोलाई पनि प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता जनाउनुभयो ।

अछाम प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीले अछाम जिल्लामा संचालन भएका हरेक अभियानमा नेपाल प्रहरीको साथ र सहयोग रहेको भन्दै अहिले संचालन भएको अभियानमा पनि पूर्णरुपमा साथ रहने प्रतिबद्धता जनाउनुभयो । विगतमा छाउगोठ मुक्त पालिका घोषण भएपनी पुन छाउगोठ बनाउने वातावरण सृजना कसरीभयो यस बारेमा पनि समिक्षा गर्न जरुरी रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय अछाममा यो कुप्रथाका विरुद्ध हाल सम्म एउटा पनि उजुरी नआएको भन्दै लिखित रुपमा उजुरी आएको खण्डमा प्रहरी प्रशासन आवश्यक कदम चाल्ने प्रहरी प्रमुख भण्डारीको भनाई छ ।

बिहिबार मंगलसेनमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उप प्रमुख दानमती बम शाही, मंगलसेन नगरपालिका निवर्तमान उप प्रमुख सरिता उपाध्याय, तुर्माखाँद गाउँपालिका निवर्तमान अध्यक्ष तथा अधिवक्ता पुस्पराज शर्मा, अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर धु्रब कुमार शाही, अन्तरपाटी महिला संजालका सचिव पूर्ण शाह लगायतले मन्तव्य राख्नुभएको थियो । नगर उप प्रमुख संगीता रावल सोडारीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियो । यस्तै अन्र्तक्रिया कार्यक्रम बुधबार कमलबजार नगरपालिकामा पनि सम्पन्न भएको छ । नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा त्यस क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.