मङ्गलसेन १२ बान्नाताेलीमा शुभकामना आदननप्रदान

मङ्गलसेन नगरपालिका १२ बान्नाताेलीमा बडादशै तथा तिहारकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयकाे आयाेजनामा कार्यक्रम भएको हाे ।

वडा अध्यक्ष खगेन्द्र बहादुर रावलकाे अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सवैले एक आपसमा शुभकामना आदानप्रदान गर्दै दशै तिहारले आपसी एकता, सामाजिक सद्भाव र भाईचाराकाे भावना थप बृद्दि गराेस भन्ने कामना गरेका थिए ।

कार्यक्रममा नेपाली काङग्रेसको तर्फबाट भोज राज भाट, नेकपा एमालेबाट ड्म्बर बहादुर रावल, वडाका जनप्रतिनिधिहरु लगायत सरकारी तथा गैर सरकारि कार्यालय प्रमुख, बिधालयका प्रधानाध्यनपक र बिधालय व्यवस्थापन समिति अध्यक्ष लगायतका अतिथि रहनुभएकाे थियो ।

साथै कार्यक्रममा वडाबसी स्थानीयकाे समेत सहभागीता रहेकाे थियाे ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.