युक्रेन युद्धमा हार्ने रणनीति अपनाइरहेको अमेरिका

बाइडेनले गरेनन्, नयाँ राष्ट्रपतिले युद्धमा अमेरिकाको लक्ष्य तोक्नुपर्छ

Purnima Mobile
Kirci Gyan Kendra

हालैको अमेरिकी राष्ट्रपतीय चुनावअघिको बहसमा एक सहजकर्ताले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सोधे, ‘सरल प्रश्न छ– तपाईं यो युद्ध युक्रेनले जितोस् भन्ने चाहनुहुन्छ ?’ जवाफमा ट्रम्पले आफूले युद्ध अन्त्य गर्न चाहेको बताए। जवाफमा ‘हो’ मात्र नभनेकोमा उनको चर्को आलोचना भयो । उपराष्ट्रपति कमला ह्यारिसले पनि हो चाहिँ भनिनन्। तर, प्रतिस्पर्धी ट्रम्पभन्दा अलग उनले के स्पष्ट पारिन् भने उनी रुसी आक्रमणको विरुद्ध युक्रेनलाई समर्थन गर्छिन् । वास्तवमा यो प्रश्न सरल छैन । युक्रेनले जित्नु भनेको के हो? युक्रेन र पश्चिमबीच र पश्चिममै पनि यसबारे साझा धारणा छैन ।

Samajik New Add 2082

युद्धको सुरुदेखि नै युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले जित भनेको सन् २०१४ देखि नै रुसले कब्जा गरेको सम्पूर्ण भूभाग मुक्त गर्नु हो भनेर अर्थ्याएका छन्। त्यसो भएमा १९९१ मा सोभियत संघ पतनपछि बनेको र अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको सीमा कायम हुनेछ।

Mellekh RM1

युक्रेनले अघि सार्दै आएको शान्ति योजनाले पनि निसर्त रूपमा देशको भौगोलिक अखण्डता कायम राख्ने कुरा गर्छ। ‘यो लेनदेनको विषय होइन,’ योजनामा भनिएको छ। सर्वेक्षणहरूमा पनि अधिकांश युक्रेनी जनताले जेलेन्स्कीको यो लक्ष्यलाई समर्थन गरेको देखिन्छ। यद्यपि, युद्धको लागत बढ्दै जाँदा मानिसहरूको दृष्टिकोण पनि फेरिँदै छ।

तर, अरु कयौँ मान्छे यस्ता छन्, जो रुसले आक्रमण गर्नुभन्दा अघिल्लो दिन अर्थात् २३ फेब्रअुरी २०२२ को सीमापारि रुसलाई धकेल्न सके युक्रेनले जितेको घोषणा गर्न तयार छन्। त्यति हुँदा पनि युक्रेनको करिब १० प्रतिशत भूभाग रुसकै कब्जामा रहनेछ, जुन उसले २०१४ मा कब्जा गरेको थियो। तर, यसबाट पछिल्लो आक्रमणपछि रुसले कुनै भौगोलिक उपलब्धि प्राप्त गर्ने छैन।

अझ अर्काथरीको मत के छ भने भलै अहिले कब्जा गरेको जमिन रुसकै हातमा रहोस्, तर युक्रेनको सार्वभौमिकता र स्वतन्त्रता मात्र जोगिए पनि त्यो युक्रेनको जित र रुसको रणनीतिक पराजय हुनेछ। किनकि रुसको लक्ष्य भनेको सम्पूर्ण युक्रेनलाई अधीनस्त गर्नु थियो।

कतिपयको त अझ युक्रेनले युद्ध जितसकेको तर्क छ। किनकि, रुसले जति भूमि कब्जा ग¥यो, त्यसभन्दा अब ज्यादा अघि बढ्नसक्ने सम्भावना छैन।

 

चुनावपछि अमेरिकाले के भन्ला ?

बाइडेन–ह्यारिस प्रशासनले भने कहिल्यै पनि युक्रेनको जितको अर्थ स्पष्ट पारेको छैन। अझ युक्रेन युद्धबाट अमेरिका के चाहन्छ, त्यो पनि खुलाएको छैन। अमेरिकाले सार्वजनिक रूपमा कहिल्यै पनि जेलेन्स्कीको लक्ष्य आफ्नो पनि लक्ष्य हो भनेको छैन। बरु बाइडेनले हालसम्म दुईपटक निरंकुशतालाई दबाउन स्वतन्त्रताको शक्तिबारे प्रशस्ति गाएका छन्। तर, ठोसरूपमा उनले युक्रेनको जित चाहेको बताएका छैनन्।

Saud Agro Kailash

अन्य अधिकारीहरूले बाइडेन प्रशासनको सोचको झलक पेस गरेका छन्। तर, कसैले पनि अमेरिकाको लक्ष्य यही हो भनेर तोकेका छैनन्। संसदले दबाब दिएपछि सेप्टेम्बरको मध्यतिर बाइडेन प्रशासनले अन्ततः युक्रेनसम्बन्धी एउटा गोप्य रणनीति संसदमा पठाएको छ। तर, त्यसका विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।

अर्थात्, हाम्रो सामु नीतिका टुक्रीटुक्री मात्रै उपलब्ध छन्। ती पनि आन्तरिक रूपले सुसंगत छैनन्। उदाहरणका लागि, बाइडेन प्रशासनले भन्यो– हामी युक्रेनलाई जति समय चाहिन्छ, त्यतिबेलासम्म सहयोग गरिरहन्छौँ। तर, ‘जति’ भनेको कति हो स्पष्ट पारिएन। त्यस्तै, अमेरिकाले युक्रेनलाई वार्ताको टेबलमा बलियो बनाउन हतियार दिइरहेको बताएको छ। तर, अमेरिकाले कस्तो सम्झौता चाहेको हो, खुलाएको छैन।

अमेरिकाले घोषणा गरेको छ– युक्रेनको सार्वभौमिकता र स्वतन्त्रता संरक्षण उसको लक्ष्य हो। तर, कुन सीमा कायम गर्न चाहेको हो, स्पष्ट पारेको छैन। भलै, अमेरिकाले आधिकारिक रूपमा १९९१ को सीमालाई मान्यता दिएको छ।

र, युद्ध सुरु भएपछि बाइडेनले जोड दिएर भन्दै आएका छन्, युक्रेनको रक्षाका लागि अमेरिका रुससँग युद्धमा जाने छैन। ताकि आणविक विनासको जोखिम मोल्नु नपरोस्। तर, युक्रेनको हार टार्ने एक मात्र उपाय रुससँगको युद्ध भए के होला? कसैलाई पनि निश्चित रूपमा थाहा छैन।

यी सबै कुराले के जनाउँछन् भने आफ्नो लक्ष्य के हो भन्ने विषयमा बाइडेन प्रशासनभित्रै एकमत छैन। अथवा, उसलाई यस्तो चिन्ता हुनसक्छ– लक्ष्य सार्वजनिक भयो भने उसले सार्वजनिक बहसको सामना गर्न सक्दैन, सफलताको उसको भिजनले पश्चिमा एकता र युक्रेनसँगको गठबन्धनलाई तोड्नेछ।

यो हार्ने रणनीति हो। लोकतान्त्रिक समाजमा कुनै पनि विदेश नीतिको सफलताका लागि जनसमर्थन महत्त्वपूर्ण हुन्छ। यसले त्यसलाई खतरामा पारेको छ। यसले स्रोतसाधन खेर जाने सुनिश्चित गर्छ। यसले सार्वजनिक कलहलाई बढावा दिन्छ, जसले अमेरिकी शक्तिलाई लगाम लगाउँछ। र, यसले रुसको यस्तो विश्वासलाई बढाउँछ कि यो लडाइँमा ऊ पश्चिमभन्दा लामो समय टिक्न सक्छ र उसको लक्ष्य प्राप्त हुन सक्छ।

अमेरिका युक्रेनको द्वन्द्वबाट के हासिल गर्न कोसिस गरिरहेको छ, त्यसको बारेमा एउटा आकर्षक दृष्टिकोण र सफलताको रणनीति प्रस्तुत गर्ने बेला आएको छ। त्यस्तो रणनीति वस्तुनिष्ठ यथार्थमा आधारित हुनुपर्छ। जसमा रुसी, युक्रेनी, युरोपेली र अमेरिकी स्वार्थ तथा क्षमताको स्पष्ट मूल्यांकन हुनुपर्छ। जसको लक्ष्य प्रााप्तिका लागि आवश्यक स्रोतसाधनको पहिचान पनि गरिएको हुनुपर्छ।

रुससँगको बढ्दो शत्रुतालाई ध्यानमा राख्दै युक्रेनसम्बन्धी लक्ष्य युरोपले अपनाउने भविष्यको सुरक्षा संरचनासँग मिल्दो पनि हुनुपर्छ। यसले युक्रेन युद्धको परिणाम जे भए पनि रुस र अमेरिकाको सहअस्तित्वको मार्ग तयार गर्नुपर्छ। उनीहरू प्रमुख प्रतिद्वन्द्वी हुँदाहुँदै पनि रणनीतिक स्थिरता व्यवस्थापन र जलवायु परिवर्तनजस्ता अन्तर्राष्ट्रिय खतरासँग जुध्न आवश्यक साझेदार रहने पनि सुनिश्चित गर्नुपर्छ।

यो काम गर्न बाइडेन प्रशासन धेरै ढिला भइसकेको छ। तर, नयाँ राष्ट्रपतिले यसलाई प्राथमिकतामा राख्नुपर्छ र युद्ध जित्नुको अर्थ युक्रेन र अमेरिकाका लागि के हो भनेर खुलाउनुपर्छ।

(नेसनल इन्ट्रेस्टबाट। टमस ग्राहम काउन्सिल अफ फरेन रिलेसन्सका अध्येता हुन्। उनी जर्ज डब्ल्यू बुसको प्रशासनमा राष्ट्रिय सुरक्षा परिषदमा रुस मामिला हेर्ने वरिष्ठ निर्देशक थिए)

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.