कविताः “जान्छु बा ऋण खोज्देउ”

Purnima Mobile
Samajik Bal biwaha

-नितिन कुवॅर

Mangala Bharna
Saud Agro Kailash

छरपस्ट देख्ने आँखा,
आज आफ्नै भविष्य अन्धकार देख्दै छन्,
कहिलै बाउसो नछोएको छोरो,
विदेशमा बेलचाको रहर देख्दै छन् ।
खोज्देउ बा ऋण जान्छु म पनि,
फलेका होलान् नी दुःखका काँडामा,
दुई चार रंगीन पात टिप्छु म पनि,
मागिदेऊ बा ऋण मुखियालाई,
टिनकै छानो भयेनी छाउँछु म पनि ।
दुई छाक मात्रै भएनी मिठो खुवाउँछु म पनि,
खोजदेऊ बा ऋण जान्छु म पनि,
पासपोर्टका काला अक्षरमा भबिस्यका रेखा काेरिएछन्  ।
आसामी हाम्रा भाग्य बाट धन का सन्दूक नै फोरिएछन् ।
भोको पेट ऋणका भारीले सबै उतै डोरिएछन्,
अल्लारे कठोर मन आफूलाई सम्झाईहाल्छु म,
तिमी रुँदै गरेकी आमालाई सम्झाउनु है बा,
बिर्सिन सक्छिन् बेलैमा दबाइ खुवाउनु है बा,
छिट्टै फर्किन्छ भन्दै झुटै आश्वासन भएपनि दिलाउनु है बा,
ओडाएको दोसल्लाले आँसु सबै पुछिहाल्छु नी बा,
झुटै भएपनि एक फेर मुसुक्क मुस्कुराउँछु नी बा,
जति सक्छु त्यति ऋणका भारी बिसाउँछु नी बा,
खोजदेउ बा ऋण जान्छु म पनि ।
झस्काई रहन्छन् साहुका व्यवहारहरूले,
सुत्न दिँदैन ऋण दिनेका अनुहारहरुले,
खोजौला नी मरुभूमिमै रहरका कुवाहरु,
रोपौला नी मरुभूमिमै सपनाका बिरुवाहरू,
सकुन्जेल घोटौला नी हात नङ्ग्रा पाउहरु,
एक छाक खाएर मात्रै पनि पठाउँछु नी पैसा,
तिमी चुप्प लगाइदिनु त्यसैले साहुहरु,
होला रहर तिमीलाई पनि फाटेको धोती फेर्ने,
होला रहर तिमीलाई पनि ऋणमुक्त सास फेर्ने,
केलाउँदा हौ तिमी पनि मनका गोरेटाहरु,
सपनामै पनि च्यापीन्छन् होला तिम्रा रहरका पखेटाहरु,
कमेरो र गेरुले कति छ्यापिन्छौं अझै,
चारवटै मात्रै भएपनि इटैका दिवाल लगाउँछु नी बा,
खोझदेऊ बा ऋण जान्छु म पनि ।
छोरो भोकै भएको भनी चिन्ता नगरे है आमा,
कहिले फर्किन्छ्स भनी निदारीमै आँसु नझारे है आमा,
लाग्यो नी मेरो छोरो भन्दै हवाई जहाज लाई नकोसे है आमा,
फर्किउला नी झट्टै साहुको ऋण तिरेर,
फकिउला नी झट्टै तिम्रा हातको मिठो खाना सम्झेर,
फरकिउला नी झट्टै नयाँ भविष्य कोरेर,
बा टालौला नी तिम्रा फाटेका पैतलाहरु,
बा साटौला नी तिम्रा भिजेका गम्छाहरु,
बा बोकौला नी तिम्रा काँधका जिम्मेवारीहरू,
कति गुम्साई भारी बनाउँछौ मनका गाँठाहरु बा,
छोरो जवान भयो अलिकति भएपनि सघाउँछु नी बा,
खोझदेउ बा ऋण जान्छु म पनि,
ऋण तिर्न ऋणको भारी थपेर गयो छोरो,
बुढा बा लाई साक्षी चुइने छानोलाई धितो राखेर गयो छोरो,
अनुहारमा मुस्कान छर्न अनुहार नै मलिन बनाएर गयो छोरो,
बा का पैताला अघि सर्दैनन् ।
आमाका गह बाट आँसु रोकिँदैनन् ।
दोसल्लाले आँसु पुछ्दा डाको मात्रै छोड्न सक्दैनन् ।
आँखाले भयाउन जेल सम्म टोलाइरहिन आमा ।
छोरोको आवाज गुञ्जिरहेसम्म घोरिरहे बा ।
हेर्दा हेर्दै उड्यो छोरो त्यो नीलो गगनमा ,
के खायो के लायो होला त्यो सहर अन्जानमा,
निदायो की के विछायो होला त्यो सुत्ने आसनमा,
छोरो चाँडै फर्किन्छ की भन्दै बिस्कुन सुकाउदै छिन् आमा,
अलिकति हल्का हुन्छ की भन्दै मन का गाँठा फुकाउँदै छन् बा ।
नआती बसे कोदोको ढिंडो गुन्द्रुकको झोल खाना आउँछु नी बा ।
बाआमा कै खुसीमा म पनि रमाउँछु नी बा,
तिर्देऊ बा ऋण आउँछु म पनि ।

Mellekh RM1

अछाम साफेबगर ३ स्थायी घर भएका कुवर हाल कास्की जिल्ला पोखरा ३ मा बस्नुहुन्छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.