मालिका आ. वि. मंगलसेन १ रक्तुमा सिकाई स्तर अभिवृद्धिका लागि अभिभावक शिक्षा

Purnima Mobile
Samajik Bal biwaha

अछामः आधारभूत तहमा बालबालिकाहरुको सिकाई स्तर अभिवृद्धिका लागि अभिभावक शिक्षा कार्यक्रम मङ्गलसेन नगरपालिका वडा नम्वर १ को मालिका आधारभूत विद्यालयमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयोजनामा कार्यक्रम गरिएको हो ।

Mangala Bharna

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिन राज नाथको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्वर १ का अध्यक्ष लोक राज नाथ रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले बालबालिकाको सिकाई स्तर राम्रो बनाउनको लागि सवैभन्दा बढी भूमिका आमाबुवाको रहने बताउनुभयो । विशेषगरी आमाले नै बालबालिकालाई राम्रो भाषा र संस्कार सिकाउन सकेमा मात्रै बालबालिकाले विद्यालयमा पनि राम्रो सिक्ने हुदा उनिहरुका लागि आमा नै पहिलो शिक्षक भएको बताउनुभयो ।

Mellekh RM1
Saud Agro Kailash

कार्यक्रममा सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावल बिशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रशिक्षण सहितको मन्तव्य राख्दै रावलले आधारभूत तहमा बालबालिकाहरुको पढाईलाई राम्रो गर्नका लागि अभिभावकको भूमिका धेरै रहेको बताउनुभयो । बालबालिकाहरु शिक्षकभन्दा बढि समय अभिभावकसंग हुने हुँदा अभिभावकहरुले घरबाटै सिक्ने बातावरण बनाउनुपर्ने उहाँको भनाई थियो । बाबालिकाको भविष्यका लागि सवैभन्दा पहिला अभिभावक सचेत र जिम्मेवार हुनुपर्नेमा उहाँको जोड थियो ।

बालविकास तहका विद्यार्थी र तिनका आमाबुवाहरुको समेत सहभागिता रहेको अभिभावक शिक्षा कार्यक्रममा कार्यपालिका सदस्य हंश कुमारी थापा राना, मालिका सामुदायिक सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउद, बालविकास सहजकर्ता सिता नाथले मन्तव्य राख्नुभएको थियो ।  वडा सदस्य चन्द्रकला जैगडी, शिक्षक अभिभावक संघका अध्यक्ष रण बहादुर राना र पूर्व प्रधानपञ्च पहराम राना लगायतका अतिथि रहनुभएको अभिभावक शिक्षा कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक पम्फा रावलले गर्नुभएको थियो ।

 

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.