बाजुरामा स्क्रब टाइफस रोगको संक्रमण

लक्ष्मीराज पाध्याय, बाजुरा २७ भदौ ।

Samajik New Add 2082

बाजुरामा स्क्रब टाइफस रोगको संक्रमण फैलिन थालेको छ । जिल्ला अस्पताल बाजुराका अनुसार २८ जनामा सो रोग देखा परेको जनाएको छ । असार देखी स्क्रब टाइफस रोगको संक्रमण देखा परेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जाेशीले वताएका छन् । अस्पतालमा उपचारमा आएका बिरामीलाई प्रयोगशाला मार्फत चेकजाँच गर्दा देखा परेको अन्य स्वास्थ्य संस्थामा पनि बिरामी आउन सक्ने जाेशीले वताए ।

पछिल्लो समय प्राणघातकका रुपमा फैलिएको स्क्रब टाइफस माइटबाट मानिसमा सर्ने गरेको छ । स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, मांसपेसी, दुख्ने अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्ने जस्ता लक्षण देखापर्ने डा. प्रकाश राज जैशीले वताए । बाजुरामा पनि यो रोगको उच्च जोखिममा रहेको उनले वताए ।

स्क्रब टाइफसको प्रमुख लक्षण छालामा घाउ देखिने गरेको छ । व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँदा यो रोगको संक्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्नेगरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र स्क्रब टाइफसका उल्लेखित लक्षणहरुमध्ये कुनै पनि देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई डाक्टरसँग परामर्श लिनुपर्ने उनले वताए ।

यो रोग रिकेटसिया नामक सूक्ष्म ब्याक्टरियाबाट सर्छ’, उनले भने, ‘मुसा, छुचुन्रो लगायतका जीवहरुमा पनि यो ब्याक्टेरिया भेटिन्छ ।’ विशेषतः गर्मी मौसममा देखा पर्ने यो रोगबाट बच्न सर्वसाधारणलाई सुझाव दिँदै उनले भने, ‘घर वरिपरी सफा राख्नु पर्र्छ । साथै, मुसा, किर्नालाई नियन्त्रण गरी शरीर पूरै ढाकिने खालको कपडा लगाउनु पर्छ ।’ यो रोगको बारेमा पूर्व जानकारी राख्न समेत सर्वसाधारणलाई आग्रह गरे ।

लगातार ज्वरो आइरहने, टाउको दुख्ने, पसिना छुट्ने, आँखाको डिल दुख्ने, थकानको महसुस हुने, खोकी लाग्ने जस्ता यो रोगका लक्ष्यण हुन् । साथै, यो रोगको संक्रमण भएको ५ देखि ७ दिनमा घाटीमा रातो विमिरा देखिन्छ । पछि त्यो विमिरा क्रमशः शरीरको अन्य भागहरुमा फैलिँदै जाने चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य कार्यलय बाजुरालाई भने यो रोग बारे कुनै जानकारी नरहेको वताएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको तथ्याङ्क अनुसार अघिल्लो वर्ष नेपालमा यो रोगका कारण ८ जनाको मृत्यु भएको थियो । त्यस्तै, ८४ जना सङ्क्रमित भएका थिए । यो वर्ष भने रोगको संक्रमण धेरै फैलिन शुरु भएको छ । चिकित्सकहरुका अनुसार यो रोग लागेको पुष्टि भएमा नियमित औषधि सेवन गर्दा निको हुन्छ । डाक्टरहरु भन्छन्, ‘यो रोग लागेपछि पूरा डोजको एन्टिबायोटिक प्रयोग गर्नु पर्छ ।’

 

-बडिमालिका खबरबाट साभार

Leave A Reply

Your email address will not be published.