सह-सचिव दाबेदार दिनेश स्वार भन्छनः “काँग्रेसलाई बलियो बनाउँन युवा र परिपक्क नेताहरुको सयुक्त समिती आवश्यक”
अछामका युवा पुस्ताका जो कोहीले पनि सहज रुपमा चिन्ने नाम हो, दिनेश कुमार स्वार । यो नाम सुन्ने वित्तिकै समकालिन युवा विद्यार्थी निकै सम्मान र आदर गर्छन । तत्कालिन अवस्थामा नेविसंघ अछामको सचिवका रुपमा युवा विद्यार्थिको नेतृत्व गर्दै अछाम सदरमुकाममा राजनीतिक र शैक्षीक तथा सामाजिक कार्यमा दिनेशले महत्वपूर्ण योगदान गर्नुभएको छ ।
तिनै दिनेश कुमारले स्वार नेपाली काँग्रेस अछामको १४ औं महाँदिवेशनमा जिल्ला सहसचिवका रुपमा पार्टी राजनीतिमा आउने चाहना स्वरुप उम्मेद्धारी घोषणा गरेका छन । नेपाल बिद्यार्थी संघ अछामका पूर्व सचिव रहेका नेता स्वाँरले पार्टी संगठनलाई बलियो र चलायमान बनाउन सहसचिव पदमा उम्मेद्धारी दिने घोषणा गर्नुभएको हो ।
नेपाली कांग्रेस अछामलाई जिल्लामा बलियो पार्टी बनाउन युवा र परिपक्क नेताहरुको सयुक्त समिती आउन जरुरी रहेको भन्दै आफुले सहसचिव पदमा उम्मेद्धारी दिने निर्णय गरेको नेता स्वाँरले बताउनुभयो ।
परिपक्क नेताको अनुभव र युवाहरुको सक्रियताबाट नै पार्टी बलियो हुने भन्दै नेता स्वाँरले आफु ठुलो महत्वकांक्षी नभई सहसचिव पदमा उम्मेद्धारी दिने गरि तयारी गरिरहेो बताउनुभयो ।
नेता स्वाँर नेबिसंघमा सक्रिय रहेर अछाम जिल्लाका बिद्यालयहरुमा नेबिसंघको इकाई निर्माण देखि बिद्यदार्थीका सवालमा सक्रिय रहेर काम गरेका थिए । बिगतमा तत्कालिन माओवादीको १० बर्षे जनयुद्दका क्रममा युवा नेता स्वाँर संगठन निर्माणका लागि सतिसाल झैं उभियर काम गर्नुभएको थियो ।
२०६२/०६३ को जनआन्दोलनका बेला जिल्लामा नेबिसंघ र कांग्रेसकै संगठन नभएका बेला स्वाँरले अछामका दुबै क्षेत्रमा खटेर संगठन निर्माण गर्न भुमिका निर्वाह गरेको नेता कार्यकर्ताको बुझाई छ ।
कोरोना कहरमा समेत नेता स्वाँरले जिल्लामा बिरामीहरुको उपचारमा स्वास्थ्य सामाग्री उपलब्ध गराउने देखि खाना नास्ताको प्रबन्ध मिलाउन सक्रिय रहेर काम गरेका थिए । स्वाँर बिपी कोईराला युवा नेतृत्व विकास मञ्च अछामको अध्यक्ष भएर समेत काम गरिरहनुभएको छ ।
नेता स्वाँरले युवा नेता राजन कुवँर अध्यक्ष रहेको नेबिसंघको कमिटीमा २०६२ देखि २०७० सम्म जिल्ला सचिव भएर काम गर्नुभएको थियो । जिल्ला देखी केन्द्र सम्म युवा नेताहरु पार्टी नेतृत्वमा उदाउदै गरेको परिेवेशमा युवा नेता स्वारको अछाम जिल्ला सहसचिव पदमा उम्मेद्धारी घोषणाले युवा विद्यार्थिहरु उत्साहित भएका छन ।