बिदेशीको थाङ्ग्रोमा अडिएको नेपालको राजनीति

Purnima Mobile
Samajik Bal biwaha
  • बालाराम उपाध्यायः
Mangala Bharna

जातीय, विविधता, भाषिक विविधता, भौगोलिक विविधता, धार्मिक विविधता, सास्कृतिक विविधता जस्ता बिबिधतै विविधताले भरिपुर्ण हाम्रो देश अनेकतामा एकता भएको देश पनि हो । बाहुन क्षेत्री होस् या दलित, हिन्दु होस् या मुस्लिम, मधेसी होस् या पहाडी, धनी होस् या गरिब, महिला होस् या पुरुष, यि सबैले एक अर्को प्रती सम भाव राखेर अघि बढेको समाज । यतिमात्रै हैन एक अर्काको समस्या, सुख दुःखमा साथ दिने गरि अघि बढिरहेको मेरो समाजको आफ्नो छुट्टै विशेषता छ ।

Mellekh RM1

यो समाजलाई टुक्र्याउन उहिले देखि अहिले सम्म अनेकौ प्रकारका षड्यन्त्र हुँदै आएकोमा, हाम्रो पू्र्खाको बिरताको कारण कहिल्यै यस्ता योजना बनाउनेहरु सफल हुन त सकेनन् । तथापि बिकासको गतिमा अवरोध सृजना गरिनै राखे । संसारका आफुलाइ सक्तिशाली ठान्ने देशहरु समेत कसै न कसै को अधिनस्त बने पनि हाम्रो देश नेपाल हामी नेपाली कहिल्यै कसैको अधिनस्त बनेनौ । नेपाल बिकशित र शान्ति रास्ट्र बनेको देख्न नचाहने तत्वहरु अनेक प्रकारका बाहाना गरि हाम्रो बिरुद्ध लागिनै रहे ।

विशेष गरि २०४६/०४७ को परिवर्तन पश्चात् एनजिओ र आइ एनजीओ को नाममा विभिन्न प्रकारका मुकुण्डोधारिहरुको नेपालमा लसपस बड्दै गएको देखिन्छ । नेपालका राजननीतिक दल र यिनका नेतृत्वको सत्ता मोहले गर्दा रास्ट्र र राष्ट्रियता कमजोर बन्दै गयो । रास्ट्र र राष्ट्रियता बलियो त्यतिबेला हुन्छ जतिबेला देशका हरेक निकाएहरु परिपक्व, बलियो र आत्मनिर्भर हुन्छन् । यतापट्टी कसैको ध्यानै गएन ।

साधन श्रोतको भरपुर सम्भावना हुदाहुदै पनि तिनको बिकास र प्रयोगमा ध्यान नदिएर वैदेशिक ऋण र अनुदानको भरमा शासन सत्ता संचालन गर्दै पुरै परनिर्भरतामा राख्दै मगन्तेको रूपमा उभ्याए । हामीसंग केही पनि छैन देउ ! दाताहरु हो देउ ! बचाउ हामिलाइ उद्दार गर !  तिमिले जे- जे गर्नु भन्छौ हामी त्यही- त्यही गरौंला भन्दै तुम शरणम् गर्न पुगे ।

Saud Agro Kailash

हाम्रो देशमा बन्ने ऐन कानुनमा समेत उनैको हात माथी हुने भएपछी हामिले भने जस्तो हुन्छ पो कसरी ? राम्रोसंग गहिरिएर अध्ययन गर्ने हो भने योजना बद्ध ढंगले हामी संग भएको सम्पति सखाप पार्ने र अन्तिममा रास्ट्र र राष्ट्रियता माथी प्रहार गर्ने उद्देश्य रहेको देखिन्छ । डिवि र पिआर को नाममा बौद्धिक जनशक्ति सबै उतै लैजाने, संस्कार र संस्कृती माथि निरन्तर आक्रमण गरिरहने, प्राकृतिक श्रोत साधन माथी कब्जाको नीति अख्तियार गर्ने, ऐन कानुन निर्माणमा हस्तक्षेप गरिदै आयो । यति सम्म नाङ्गो तरिकाले हस्तक्षेप गरिरहदा पनि बिदेशिको थाङ्ग्रोमा अडिएकाहरु थाङ्ग्रो हल्लिने बित्तिकै आफू भुइँमा खस्छौ कि ? भन्ने डरले थाङ्ग्रोमा बेस्सरी बल लगाएर टाँसि रहन्छन् । बिदेशिको थाङ्ग्रोमा अडिएको नेपाल को राजनीति स्वतन्त्र रूपमा उभिनै नसक्ने स्थितिमा रहेको छ । क्षणिक फाइदा र कुर्सी मोहका कारण केही बोलिहाल्ने, सम्झौता गरिहाल्ने नेपाल का राजनीतिक पार्टी र यिनका नेताहरुको अदुरदर्शिताले देश बिकास सम्भव देखिदैन ।

आफ्नो देश र जनताको लागि हैन कसै अर्काको लागि राजनीतिमा लागेका केही थाङ्ग्रो अडाउनेहरुको कारण देश फेरि अन्तराष्ट्रिय राजनीतिको खेल मैदान बन्ने त हैन भन्ने आसंका उब्जिएको छ ।  बिदेशीको थाङ्ग्रोमा अडिएर नेपालमा राजनीति गरिरहेका दल र नेताहरुको कारण आज हाम्रो यो अबस्था आएको हो । बिश्वको बदलिँदो भू-राजनीति र शक्ति सन्तुलनका बाछिटा हामिमा पर्नु अनर्थ त थिएन, तर महाशक्ति रास्ट्रहरुको शक्ति प्रदर्शनको साक्षी हामीले बन्नुपर्ने त हैन ? आम सचेत रास्ट्रप्रेमी नेपाली जनताको चिन्ता र चासोको बिषय बन्न पुगेको छ ।
वास्तवमै भन्ने हो भने एक पछि अर्को गर्दै हामिसित भएको चिज बस्तु लिइसके। जस्तै; राम्रो खुबी भएका दक्ष जनशक्ति उतै, हाम्रो मौलिक संस्कार संस्कृती उतै, उत्पादित उच्च प्रकारको बस्तु उतै, हुँदा -हुँदा यहाँको अपार प्राकृतिक श्रोत साधन माथी पनि गिद्देनजर लगाइरहेका छन् ।

बिदेशीको थाङ्ग्रोको आडमा हैन स्वतन्त्र रूपमा यहि पबित्र भुमिमा उभिएर रास्ट्र र राष्ट्रियताको रक्षाको निम्ति प्रण गरौँ ! हामी पन्चशिलको सिद्धान्त मा अडिग छौं । हामी संसारको कुनै देशको दादागिरी, धाक धम्किसंग डराउने र झुक्ने हाम्रो इतिहास छैन ।

यतिबेला एमसिसी परियोजना लिने या नलिने भन्ने बिषय राष्ट्रियता संग जोडिदैछ।यसले नेपालको संबिधान, राष्ट्रिय स्वाधीनता, सार्बभौमसत्ता, भौगोलिक अखण्डता, नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति पन्चशिलको सिद्धान्त माथी घात गर्दै त छैन ? भन्ने जस्ता तमाम संकाले गर्दा सधै एकताबद्ध नेपाली समाज बिभाजित पारिदैछ । बिदेशी को थाङ्ग्रोमा अडिएर राजनीति गरेकाहरु यसलाई हल्का रुपमा सामान्यिकरण गरिरहेका छन् । भने सच्चा देश भक्त नेपालीहरु बहुतै चिन्तित छन् । एउटा जाबो बिदेशी परियोजनाको कारण एकताबद्ध नेपाली समाजलाई बिभाजित गरि स्वार्थ को रोटि पकाउने कार्य नगरिदिए हुन्थ्यो । नेपाललाई सानो र कमजोर देशको रूपमा बुझाइ कसैको रहेछ भने त्यो तिमीहरूको भ्रम मात्रै हुनेछ । उहिले देखि अहिलेसम्म कहिँ कसैसँग झुक्नै नजान्ने नेपाली डटेर हर कुराको सामना गर्ने छौ ।

कहिँ कतै बाट पालित पोषित, बिदेशीको थाङ्ग्रोमा अडिएकाहरुले गर्दा पटक-पटक देशमा समस्या उत्पन्न भएपनी नेपाली जनता सजग र सचेत छन् । तिमीहरूको योजना कदापि सफल हुनेछैन ।

(लेखक उपाध्याय नेकपा माओवादी केन्द्र अछाम जिल्ला सदस्य तथा अधिवक्ता समेत हुनुहुन्छ ।)

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.