माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्षमा ‘उत्सव’ विजयी, अछामका अक्कल रावल उपाध्यक्षमा

Purnima Mobile
Samajik Bal biwaha

धनगढी :

Mangala Bharna

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ (कैलाली) विजयी हुनुभएको छ । सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका मानबहादुर धामी `सन्तोष´ (दार्चुला) लाई पराजित गर्दै चौधरी विजयी भएका हुनुभएको हो ।

Mellekh RM1
Saud Agro Kailash

प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि सोमबार निर्वाचन प्रणालीमार्फत माओवादी सुदूरपश्चिमले अध्यक्ष पाएको हो । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउदै विजयी हुनुभएको हो भने धामीले ९३ मत पाउनुभयो ।

यस्तै अन्य ८ जना पदाधिकारी पनि टुंगो लगाएको छ । प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल बिजयी हुनुभएको छ । अछामका माओवादी नेता रावलले १०० मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । रावल अछाम क्षेत्रनम्वर २, बाट सुदूरपश्चिम प्रदेशसभा सदस्य हुनुहुन्छ । उपाध्यक्ष निर्वाचित रावल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभाको प्रमुख सचेतक समेत हुनुहुन्छ ।

यस्तै अन्य २ उपाध्यक्षमा मानसिंह माल (डडेल्धुरा) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन् । सचिवमा जनक बुढा (बझाङ), सह सचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कंचनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमल कुमारी शाह (बाजुरा) विजयी भएका छन् ।

निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मंसिरमा अध्यक्ष पदका आकांक्षीहरू धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २२३ जना सदस्य मात्रै छनोट गरेको थियो। सोमबार निर्वाचनमार्फत पदाधिकारी टुंगो लगाइएको हो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.