सेयर बजारमा ४० अंकको पहिरो, सबै समूह राताम्मे

Purnima Mobile
Kirci Gyan Kendra

बुधबार सेयर बजारमा ४० अंकको पहिरो गएको छ। यस दिन ४०.२६ अंकले घटेर परिसूचक २८८९ अंकमा कायम भएको छ। कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ।

Samajik New Add 2082

यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले घटेका छन्।

Mellekh RM1

त्यस्तै उत्पादन समूह ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा २७२, ब्यापार २७ र अन्य समूह २१ अंकले घटेका छन्।

Saud Agro Kailash

मनकामना स्मार्ट लघुवित्तको मूल्य ८ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.६ प्रतिशतले बढ्यो। त्यस्तै छ्याङ्दी हाइड्रोपावरको ४ प्रतिशतले मूल्य बढ्यो।

यस दिन एनआइबिएल समृद्धि फण्डको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो। हिमालय उर्जा विकास कम्पनीको मूल्य ५.८ प्रतिशतले घट्दा गोर्खा फाइनान्सको मूल्य ५.४ प्रतिशतले घट्यो।

कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा दोस्रोमा रहेको सानिमा लाइफ इन्स्योरेन्सको १७ करोडको कारोबार भयो।

 

-Setopati

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.