बैंकहरूले बढाए ब्याजदर, मुद्दतीमा दिन थाले १० प्रतिशत

Purnima Mobile
Kirci Gyan Kendra

वाणिज्य बैंकहरूले बचतकर्तालाई दिने र ऋणीबाट लिने दुबैतर्फको ब्याजदर बढाएका छन्। बैंकहरूमा लगानीयोग्य रकमको चरम अभाव भएपछि निक्षेप जोगाउन र अरू थप पैसा आकर्षित गर्न ब्याजदर बढाएका हुन्।

Samajik New Add 2082

माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले पछिल्लो समय सरकारी खर्च नहुँदा बैंकहरूमा लगानीयोग्य रकमको चरम अभाव भएको बताए। उनले भने, ‘सरकारी खर्च नहुँदा निक्षेप बढ्न सकेन, यसले बैंकहरूमा लगानीयोग्य रकमको अभाव भएको छ।’

Mellekh RM1

यही कारण भएको निक्षेप जोगाउनका लागि ब्याजदर सामान्य बढेको उनले बताए। अझ प्रतिस्थापन बजेट संसदबाट पारित हुन नसक्दा यतिबेला सरकारी खर्च रोकिएको छ। जसले गर्दा अझै केही साता बैंकहरूमा निक्षेपको चरम अभाव हुने अनुमान छ।

Saud Agro Kailash

भोलि असोज १ देखि लागू हुनेगरी बैंकहरूले दिने व्यक्तिगत मुद्दती खातामा दोहोरो अंक (१० प्रतिशतसम्म)को ब्याजदर घोषणा गरेका छन्।

सूचना जारी गर्दै सनराइज बैंकले एक वर्षभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १०.०७ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ। वणिज्य बैंकहरूले मुद्दतीमा दिने यो ब्याज सबैभन्दा धेरै हो। संस्थागततर्फ पनि एक वर्ष बढी अवधिको लागि बैंकले १० प्रतिशत ब्याज दिने भएको छ। सो बैंकले मुद्दतीमा दिने न्यूनतम ब्याजदर नै ९.१० प्रतिशत छ।

त्यस्तै एनसीसी बैंकले व्यक्तिगत मुद्दतीमा २ वर्षभन्दा माथिको अवधिका लागि ९ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ तीन महिनाभन्दा बढी अवधिको लागि (बोलकबोलमा) ९.२६ प्रतिशत तोकेको छ।

सबैभन्दा कम ब्याजदर दिँदै आएको स्टान्डर्ड चार्टडले व्यक्तिगत मुद्दतीमा १ वर्षे अवधिको लागि ७.५ प्रतिशत दिने घोषणा गरेको छ। कतिपय बैंकले भदौ १ देखि नै ब्याजदर बढाएका थिए। १ दर्जनभन्दा धेरै बैंकले असोज १ देखि ब्याजदर बढाउन लागेका हुन्।

 

-सेतोपाटीबाट

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.