कांग्रेस सभापतिका लागि कुन महाधिवेशनमा क–कसको प्रतिस्पर्धा?

काठमाडौं– भनिन्छ, इतिहास सधैं जित्नेको हुन्छ। तर हरेक परिवर्तनमा पराजितहरुको भूमिका नै छैन भन्ने चाहिँ होइन। नेपाली कांग्रेसमा २०१२ सालको वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेदवारको सधै‌ चर्चा हुने गरेको छ।

स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको नेपाली कांग्रेसभित्र पाँचौं अधिवेशनमा आएर पहिलोपटक सभापतिका लागि चुनाव भएको पाइन्छ। अधिवेशनले बिपीलाई सभापतिमा निर्वाचित गर्यो भने मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित प्रतिस्पर्धामा थिए।

त्यसको तीन वर्षपछि सम्पन्न छैटाै‌ महाधिवेशनमा सुवर्णशमशेर राणा र गणेशमान सिंहबीच प्रतिष्पर्धा भयो। उनले जीवनमा एकपटक मात्रै पदको आकंक्षा देखाए। त्यो हारिकेपछि कहिल्यै पनि सभापतिको आकंक्षा देखाएनन्।

कांग्रेसले समाजवादी नीति लिएको पनि वीरगञ्ज अधिवेशनबाट नै हो। त्यति मात्र होइन, सभापतिमा निर्वाचित भए लगत्तै सुवर्णशमशेर राणाले आफ्नो १२ हजार विगा जग्गा गरिबलाई वितरण गरी बिर्ता उन्मूलनको घोषणा त्यहीँबाट गरे।

नेपाली कांग्रेसका नेता होमनाथ दाहालका अनुसार कांग्रेसले समाजवादको नीति पारित गरेको त्यो ऐतिहासिक महाधिवेशनमा सभापतिका लागि जिल्ला जिल्लाबाट मतदान भएको थियो। ‘२०१२ सालमा गणेशमान र सुवर्णजीबीच प्रतिष्पर्धा थियो। म त दुई वर्षको मात्र थिएँ होला। जिल्ला जिल्लामा ढ्वाङ राखेर त्यहीँ काउन्ट (गणना) गरेर निष्पक्ष तरिकारले मतदान गराइयो। आवाबाट (आकाशवाणी) रिपोर्ट आउँथ्यो। सुवर्णजीले जित्नुभयो। गणेशमानजी हार्नुभयो,’ दाहालले सुनाए।

कांग्रेसले समाजवादी नीति लिएको पनि वीरगञ्ज अधिवेशनबाट नै हो। त्यति मात्र होइन, सभापतिमा निर्वाचित भए लगत्तै सुवर्णशमशेर राणाले आफ्नो १२ हजार विगा जग्गा गरिबलाई वितरण गरी बिर्ता उन्मूलनको घोषणा त्यहीँबाट गरे।

Everest Incitute

अर्कोतिर सभापतिका उम्मेदवार सिंहले त्यसपछि कहिल्यै सभापतिमा उम्मेद्वारी नै दिएनन्। त्यसपछि सातौं महाधिवेशन हुँदा आफ्नै नेतृत्वको क्रान्तिबाट राणा शासन फालेर कांग्रेस दुई तिहाई बहुमतका साथ सत्तामा थियो। बिपीविरुद्ध भूदेव राई चुनावी मैदानमा उत्रिए।

त्यसको केही समयपछि राजाले प्रजातन्त्रमाथि कू गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए। दलहरुमाथि प्रतिवन्ध लगाइयो।

राजनीतिक विश्लेषक प्रा.डा. राम थपलिया भन्छन्, ‘एउटा पार्टी संरचना निर्माणका लागि सबै वर्ग, समुदाय र विचारको समष्टिगत प्रतिनिधित्व हुनुपर्छ। त्यसभित्र जसलाई कार्यकर्ताले चयन गर्छन् ऊ सभापति हुन्छ। हार्नेहरुको पराजय नै हो कि भन्ने मानसिकता देखिन्छ। यसलाई कांग्रेसले राम्ररी हेर्नुपर्छ। अहिलेको महाधिवेशनलाई पनि हार जितको रुपमा मात्र लिइयो भने देश दुर्घटनामा पर्न सक्छ। त्यसैले एक अर्कोको अस्तित्व स्वीकार गरेर जानुपर्छ।’

त्यसैले आठौं महाधिवेशनका लागि ३० वर्ष कुर्नुर्यो। झापामा सम्पन्न आठांै महाधिवेशनबाट सभापतिमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भए। नवांै महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरि जोशीबीच प्रतिष्पर्धा भयो। दशौं महाधिवेशनमा कोइरालालाई शेरवहादुर देउवा र रामहरी जोशीले चुनौती दिए।

एघारौं महाधिवेशनमा तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेद्वारी दिएका गिरिजाप्रसाद कोइरालालाई नरहरी आचार्यले चुनौती दिए।

यसबीच नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भयो। बाह्रौं महाधिवशेनमा कार्यवाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ मैदानमा ओर्लिए।

सभापतिमा लगातार दुई पटक पराजित देउवा तेह्रौं महाधिवेशनबाट कांग्रेसको सभापति बने। कांग्रेसको इतिहासमा नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने १० नेता सभापति हुन सकेनन्। तर पनि कांग्रेसको छैटौं अधिवेशन र सभापतिका पराजित गणेशमान सिंहको चर्चा आम कांग्रेसजनबीच सधैँ भइरहन्छ।

– नेपालसमय

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.