मेल्लेख गाउँपालिकामा सुदूरपश्चिममै पहिलो औद्योगिक ग्राम संचालन

Purnima Mobile
Kirci Gyan Kendra

सुदूरपश्चिम पहिलो औद्योगिक ग्रामका रूपमा मेल्लेख गाउँपालिकाले उद्योग ग्रामको सुरुवात गरेको छ । आज एउटा होजियारी उद्योगको सुरुवातसहित उद्योग ग्रामको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिका सभापति हर्क बहादुर कुँवर (गोविन्द)ले शुक्रवार मेल्लेख गाउँपालिकामा स्थापना गरिएको ग्राम उद्योगको औपचारिक रूपमा उद्घाटन गर्नु भएको हो ।

Samajik New Add 2082

गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद तथा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति कुँवर प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले सम्भवतः पहाडी जिल्लाकै पहिलो औद्योगिक ग्रामका रूपमा मेल्लेख गाउँपालिकामा उद्योगको स्थापन गर्न सफल भएकोमा बधाई ज्ञापन गर्नु भएको छ ।

Mellekh RM1

कुँवरले मेल्लेख गाउँपालिकामा स्थापना भएको ग्राम उद्योगको विकास तथा दिगोपनाका लागी प्रदेश सरकार र व्यक्तिगत तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै उद्योगबाट उत्पादित सामाग्रीहरूको उचित बजारीकरण हुनुपर्नेमा जोड दिनुभयो । तराइबाट खाद्यान्न लगायत सामाग्री लिएर अछाम भित्रिएका ढुवानीका विभिन्न साधनमा मेल्लेखको उद्योग ग्रामबाट निर्मित सामाग्री निर्यात हुनुपर्ने कुँवरको भनाई छ ।

उद्योग ग्रामको स्थापनासंगै यसको दीर्घकालीन सञ्चालन तथा व्यवस्थापनमा थुप्रै चुनौती समेत रहने बताउँदै उहाँले यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागी सबैले हातेमाले गर्नुपर्नेमा जोड दिनुभएको छ । काार्यक्रममा जिल्ला विकास समितिका पूर्व सभापति कृष्ण प्रसाद जैसी र उद्योग वाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायत विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जिल्ला विकास समितिका पूर्व सभापति जैशीले कार्यक्रममा बोल्दै ग्राम उद्योग उद्घाटनसँगै औद्योगिक क्रान्ति सुरु भएको र यसलाई सार्थकता दिन सबैको भूमिका हुनुपर्नेमा जोड दिनुभयो । विभिन्न चुनौतीका बिचमा सञ्चालनमा ल्याइएको उद्योग ग्रामलाई चुनौतीसँग सामना गर्दै चुनौतीलाई अवसरका रूपमा लिई अगाडी बढाउनुपर्नेमा उहाँको जोड छ ।

यस्तै अर्का विशिष्ट अतिथि उद्योग वाणिज्य संघ अछामका अध्यक्ष कडायतले ग्राम उद्योगबाट उत्पादित सामाग्रीहरूको बजारीकरणका लागी उद्योग वाणिज्य सङ्घले आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

मेल्लेख गाउँपालिकाको ४९ लाख ४८ हजार ४ सय ५५ रुपैयाँको लागतमा भौतिक संरचना निर्माण तथा उद्योग सञ्चालनका लागी १७ लाखको आवश्यक उपकरण जडान गरी ग्राम उद्योग सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले जानकारी गराउनु भएको थियो ।

Saud Agro Kailash

ग्राम उद्योगको विकास र बिस्तारका लागी अन्य भौतिक संरचना निर्माण सँगै उपकरण जडान कार्यमा समेत जोड दिइएको उहाँको भनाइ छ । यस्तै १७ करोड लागतमा ग्राम उद्योग स्थापना गर्न सकिने गरी डिपिआर समेत तयार गरिएको अध्यक्ष बोहराले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

ग्राम उद्योग स्थापनका लागी निःशुल्क रूपमा ४० रोपनी जग्गा दान गर्ने गाउँपालिकाको वडा नम्बर ७ का दल बहादुर साउँद, रनी साउँद, इन्द्र साउँद र नयाँ साउँदलाई कार्यक्रमका बिचमा सम्मानीत समेत गरिएको छ ।

कार्यक्रममा मेल्लेख गाउँपालिकामा स्थानीय भ्वानसिंह टमट्टाले उत्पादन गरेका ‘दुध्यारो’ लगायत काठबाट बनेका सामाग्री अतिथिहरूलाई मायाको चिनोका रूपमा प्रदान गरिएका थिए ।

ग्राम उद्योगको पहिलो उद्योगको रूपमा झन्डै २१ लाख रुपैयाँको लागतमा उपकरण सहित ३ जना दक्ष जनशत्ती परिचालन गर्दै स्थानीय गोविन्द बहादुर खड्काले कपडा उत्पादन कार्य सुरु गर्नु भएको छ । कपडा उद्योगको सुरुवात गर्नु भएका खड्काले निकट भविष्यमै गाउँपालिकाका ५० जना युवाहरूलाई स्वरोजगार बनाउने दाबी समेत गर्नु भएको छ ।

ग्राम उद्योगका लागि गाउँपालिकाले तयार पारेको संरचना । तस्बिरः पत्रकार धनराज साउद

कार्यक्रममा नेपाली काँग्रेस शिक्षा समन्वय विभागका केन्द्रीय सदस्य नृप बहादुर खड्का, नेकपा एमालेका जिल्ला कमिटी सदस्य प्रकाश बहादुर शाह, नेकपा माओवादी केन्द्रका गाउँपालिका कमिटी अध्यक्ष ज्वाला सिंह साउँद, नेकपा एकीकृत समाजवादीका टेक बहादुर साउँद लगायतका अतिथि रहनु भएको थियो ।

गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख वीरेन्द्र बहादुर खड्काले गर्नु भएको थियो । मेल्लेख गाउँपालिकामा भाद्र २८ गते गाउँपालिकाको नव निर्मित प्रशासनिक भवनसँगै १५ शैय्याको आधारभूत अस्पतालको समेत उद्घाटन गरि सञ्चालनमा ल्याइएको थियो ।

-बान्नीगढीटुडेबाट

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.