कम्युनिष्ट आन्दोलनका युवाको मुल्यांकन छैन

प्रिय कमरेडहरु सम्पुर्णमा अभिवादन ।
सर्वहारा वर्गको नेतृत्व गर्दै लामो इतिहास बोकेको कम्युनिष्ट आन्दोलले देशका थुप्रै व्यवस्थाहरु परिवर्तन गर्न सफल भएको छ । अछाममा कम्युनिष्ट आन्दोलन स्थापित गर्नेहरु पनि सवै व्यवस्था परिवर्तनका हक्दार हुन । तर पनि बेखबर छन होला । राज्य सत्ताको पहुँच र अवसरबाट किनकि यहाँ एक चलन छ संघर्ष गर्नेहरुले अवसरको लागि कित भाग्यमा लेखेर ल्याउनु पर्छ कित कोइ नातापाताको मान्छे पदमा ल्याउन सक्नु पर्छ ।

माक्र्सवाद सिधाान्तलाई अनुसरण गर्दै कम्युनिष्ट भएका अग्रजहरुले हिजो जुन अवस्थामा कम्युनिष्ट पार्टीलाई स्थापित गराएर आज यो अवस्थामा पुर्याउने हरुलाई मेरो हृदयदेखि सलाम छ | मैले सिक्दै गरेको कम्युनिष्ट आन्दोलन र मलाई आन्दोलन सिकाउदै गरेका केहि अग्रजहरुको आन्दोलनको भावना खै कुन ठाउमा मेल खान्छ त्यो बिन्दु खोजिरहेको छु । माक्र्सवाद सिकाउदै कोदोको रोटी र भटमास खाएर संगठन निर्माण गर्नु पर्छ हामि समाजलाई समृदिको दिशा तिर लम्काउनु पर्छ भन्दै सिकाउदै गरेका कम्युनिष्ट नेताको अवस्था हेर्दा जिउँमा १५-२० हजारको लुगा देख्छु अनि पदमा पुगेकाको गाडि खाना रहन सहन नास्ता सबै कुरा सरकारी सम्पत्तिले नै व्यहोरेको देख्छु अनि म सोच्छु सिकाउनेले किन माक्र्सवाद नपछ्यायको होला ?

म कुनै पद र पैसाको भोगि चै हैन एक दसक भयो होला मैले पनि अछामि कम्युनिष्ट आन्दोलन र नेताहरु को कार्यशैलि र युवाहरुको अवसरहरु कहाँ कसरि सदुपयोग हुन्छन आखिर किन कुनै अवसरको निर्णय युवाहरु सङ्ग सल्लाह हुदैन नियालिहरेको छु युवालाइ सधै कार्यकर्ता बनायर लडाइमा मात्र प्रयोग गर्ने कम्युनिष्टहरुको पुरानै कार्यशैलि अजै परिवर्तन हुन सकेको छैन !

युवाहरुलाइ प्रयोग गर्ने खोजेको उदाहरण छरपस्ट छ ।
बैशाख ३० मा हुदै गरेको स्थानिय निर्बाचनमा केहि ठाउँमा कम्युनिष्टका युवाहरुले उम्मेदवारी दिएका छन । सबै हासोका पात्र बनिरहेका छन किन कि सामाजमा उपभोक्ता बन्दै रोड, खाने धारा, कुवा विद्यालय बिकासका आयोजना खानेहरुले खेतबारि बेचेर पढेर कम्युनिष्ट आन्दोलन प्रति आकर्षित भयर समाजलाई नया दिशामा रुपान्त्रण गर्नु पर्छ भन्ने सिक्छ्न । युवा हरुलाइई पचाउदैनन । के अछामि कम्युनिष्ट आन्दोलनलाई युवा नेता हैन युवा कार्यकर्ता मात्र चाहिएको होत ?

लडाइको मैदानमा उभिने कार्यकर्ता हिजो देखि ऐले सम्म हेर्दा कैलै राजनीतिक अवसर र रोजगारिको अवसरमा परेनन न कुनै युवालाइ आत्मनिर्भर हुने स्वरोजगारको बाटो देखाइन्छ किन कि लडाइमा होमिने युवा ब्यबस्थापन हुँदा पार्टीका आन्दोल र अभियान चलाउन गाह्राे हुन्छ भन्ने डरले नै होला अवसर आउदा कसैका नता सम्बन्ध नजिकका कि कसैलाइ जिउ हजुर गर्नेहरु नै पर्छ्न । के सधै काम गर्ने कालु मकै खाने भालु उखान लागु हुने हो ?

अब यता अलिकति मेरो आस्थावान कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको पनि कुरा गरौ पार्टी स्थापना २०७८ भदौ ९ गते यता कै कृयाकलाप हेर्दा लाग्छ केहि कमरेहरु एमालेमा भन्दा समाजबादीमा राज गर्न सजिलो हुन्छ भन्ने हेतु ले राजा हुन पाइन्छ भन्ने सोच मा हुनुहुन्छ जस्तो लाग्छ ।

प्रतिगमनको बिरोध गर्दै आन्दोलनमा उभिएका युवाहरु अछाम देखि काठमाडौं सम्मका यात्राहरु कति सहज असहज भयो होल ? अछम मै कति होटेल गाडि र पसल हरुमा उदारो काम चलायर आन्दोलनमा हिडेका छन । हिसाब किताब छैन अनि खै के उद्देश्यले युवा संघ अछाम र युवाहरु लाइ गोल्बन्ध गरेको हुन गतिबिधि हेर्दा म आफै अन्योल मा छु । के युवा सघ आन्दोल र चुनाव जित्नलाइ प्रयोग हुने दस्ता मात्र होत ? किन अवसरहरुलाई सदुपयोग गर्दा युवा संघलाई खबर हुदैन ?

युव सङ प्रयोग हुने दस्ता मात्र नभई पार्टीको अभिन्न अङ्ग हो युवाहरु कर्यकर्ता मात्र नभई समाजका नेतृत्व पनि हुन भनेर कैले बुझ्ने ? पार्टी सानो भएर हुनत अवसर पनि अलिकति हैसियत भन्दा ठुलै जिम्मेवारी पाएकाले पनि यस्तो भाको होकि ! धरातल धेरै नभयको मान्छेलाइ टेकोमा राखेर ठुलो बनायो भने सायद समालिन सक्दैन आफ्नै वरिपरि तल घुडा खुट्टा भन्दा पर हेर्ने दृस्टिकोण नभएको पनि हुन सक्छ !

कि कसैलाई आफ्ना जस्तो नगरि म नेता हुदैन भन्ने डर होकि आफ्ना नजिकका मान्छेहरु लाई अवसर दियो भने सजिलो हुन्छ भन्ने भान त छैन कतै ?

हुनत सेटिङ मिलायर ठोक्यो भने ठोक्यो ठोक्यो पछि सबै मिलिहाल्छ भन्ने भान छ सायद ।

हेका चै यो रहोस कि मनपरि अवसर दिने हरुलाई युवा संघ लड्नै बनाएको हो भने लडिन्छ !

युवाहरुको खाँचो लड्ने बेला आन्दोलन गर्ने बेला चुनाव गर्ने बेला मत्र हैन रोजगारी र अवसरलाई पनि युवा को पहुच मा पुर्याउ ।

बम बहादुर धामी
केन्द्रिय सचिवालय सदस्य युवा संघ नेपाल

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.