यस्ता हुन सक्छन् डिम्बाशयको क्यान्सरका लक्षण

Purnima Mobile
Kirci Gyan Kendra

डा सन्ध्या चापागाईं ।
पछिल्लो समय नसर्ने रोगको जोखिम निकै बढेको छ। मानिसहरु आफ्नो जीवनशैली र खानापानका कारण नसर्ने रोगको समस्यामा पर्दै गएका छन्। विशेषगरी क्यान्सर, मुटुरोग, मिर्गौला फेल, उच्च रक्तचाप, हृदयघात, मधुमेह लगायतका रोगका कारण विश्वमा मृत्युदर सरुवा रोगकोभन्दा उच्च हुदैँ गएको छ।

Samajik New Add 2082

नसर्ने रोगमध्ये धेरैको ज्यान लिने रोगमा क्यान्सर पर्छ। विभिन्न प्रकारका क्यान्सरमध्ये डिम्बाशयको क्यान्सर महिलामा देखिने प्रमुख रोग हो।

Mellekh RM1

विश्वभरि सेप्टेम्बर महिनालाई डिम्बाशयको क्यान्सर सम्बन्धी चेतनामूलक कार्यक्रम गरेर मनाउने चलन छ। डिम्बाशयको क्यान्सरबारे जानकारीकै अभावले धेरै महिला यसको चपेटा पर्ने गरेका छन्।

विश्वको पाँचौं र नेपालमा चौथो नम्बरमा डिम्बाशयको क्यान्सर पर्ने गर्छ। डिम्बाशयको क्यान्सर भएको पहिलो अवस्थामा सजिलै लक्षण नदेखिन सक्छ। केहीमा देखिए पनि निश्चित कारण देखिँदैन जुन, महिलाले खासै ध्यान दिँदैनन्। किनकि लक्षणहरु त्यति वास्ता गरिहाल्नुपर्ने जस्ता हुँदैनन्।

हुन त अहिलेसम्म विश्वमा क्यान्सर हुनुको प्रमुख कारण पत्ता लाग्न सकेको छैन। तर पनि विभिन्न कारक तत्वले क्यान्सर हुने सम्भावनालाई उच्च बनाएको छ।

महिलामा पाठेघरको दुईतिर हुने सानो अण्डा आकारको अंगलाई डिम्बाशय भनिन्छ। त्यही अंगमा हुने क्यान्सरलाई नै डिम्बाशयको क्यान्सर भनिन्छ। यो प्रजनन् प्रणालीको एक महत्पूर्ण अंग हो।

डिम्बाशयको क्यान्सर हुनुको प्रमुख कारण पत्ता नलागे पनि विभिन्न कारक तत्वले डिम्बाशयको क्यान्सर हुने सम्भावनालाई बढाएको हुन्छ। ४० वर्षभन्दा माथिका महिला, पहिले नै स्तन, पाठेघर, लामो आन्द्राको क्यान्सर भएका बिरामी, परिवारमा अरु कुनै क्यान्सर भएको छ भने बच्चा नजन्माएका महिलामा डिम्बाशयको क्यान्सर हुने जोखिम उच्च रहन्छ।

डिब्वाशय क्यान्सर मुख्यतया ३ प्रकारका हुन्छन्। जुन डिम्बाशयको विभिन्न भागबाट उत्पन्न हुन्छन्।

इपिथेलियल सेल क्यान्सरः यो क्यान्सर डिम्बाशयको बाहिरी भागबाट आउँछ। यो सबैभन्दा बढी हुने डिम्बाशयको क्यान्सर हो।

जर्म सेल ट्युमरः यो डिम्बाशयमा रहेका अण्डाको कोषिकाबाट उत्पन्न हुन्छ। यो वयस्क महिलामा बढी हुने गर्छ र बालबालिकामा पनि देखिन्छ।

स्ट्रानल ट्युमरः यो डिम्बाशय वरपरको तन्तु र कोषिकाबाट उत्पन्न हुन्छ।

यी विभिन्न प्रकारका डिम्बाशय क्यान्सरको उपचार पद्दति पनि भिन्नाभिन्नै हुने गर्छ।

लक्षण

डिम्बाशय क्यान्सरमा निम्न लक्षण देखिन सक्छ।

Saud Agro Kailash

– तल्लो पेट दुख्ने,

– कम्मर दुख्ने,

– पेट बिनाकारण बढ्ने,

– पेट फुलेको जस्तो हुने,

– पेटमा मासुको डल्लाजस्तो महसुस हुने,

– अपच हुने,

– वाकवाक लाग्ने,

– योनीबाट कहिलेकाहीँ रगत बग्ने,

– चाँडै थाक्ने,

– श्वासप्रश्वास समस्या आउने,

– कहिलेकाहीँ पातलो दिसा लाग्ने र कहिलेकाहीँ कब्जियत हुने, आदि।

माथि उल्लेखित लक्षण देखिए वा आफूलाई केही शंका लागेमा तुरुन्त चिकित्सकसँग परामर्श गर्नुपर्छ। त्यसबाहेक रेडियोलोजिकल जाँच, अल्ट्रासाउन्ड अफ एबडोमेन, एमआएरआई, सिटी स्क्यान र एक्सरे गर्न सकिन्छ। रगत, मासुको जाँच गरेर डिम्बाशय क्यान्सर भएको हो वा होइन पत्ता लगाउन सकिन्छ।

उपचार

डिम्बाशय क्यान्सरको उपचार क्यान्सरको चरणमा भर पर्छ। बिरामीको शारीरिक अवस्थामा पनि धेरै भर पर्छ। यदि, शारीरिक अवस्था कमजोर छ भने आवश्यक उपचार दिन नसक्ने सम्भावना पनि हुन्छ। जसले पूर्ण रुपमा उपचार हुने सम्भावना घटेर जान्छ। क्यान्सरको चरणअनुसार किमोथेरापी वा शल्यक्रियाबाट उपचार गर्न सकिन्छ।

(डा चापागाई वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ हुन्)

 

-swasthyakhabar

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.