बृद्ध ‘बा’ र सहचालकको व्यवहार

सिर्जना तिम्सिना ।
झन्डै ७० वर्ष आसपासका बृद्ध `बा´, आइतबार बिहान विराटनगरबाट भद्रपुर जाने बसमा चडे । उनलाई छाेराले बसमा चढाएकाे रहेछ । सह चालकको भनाई अनुसार । किनकी म अलि अगाडि नै बसमा चढिसकेकाे थिएं । म बसेकाे दुई सिट पछाडि बसेका ती बा सँग बस भाडा माग्दा छाेराले दिएकाे बताए । तर सहचालकले आफुलाई नदिएकाे बताउदै फाेन गर्न भने । ती बा ले आफुसँग फाेन अनि पैसा पनि नभएकाे सुनाउदै भने `म त अस्पतालबाट फर्किएकाे बाबु, मेरो छोराले गाडीमा नै भाडा दिन्छु भन्थ्याे।´ त्यसपछि लाग्ने भाडा त दिनैपर्छ, कहाँ पैसा नलिएर लान सकिन्छ र भन्दै सहचालक अरूसँग पैसा लिनमा ब्यस्त भए ।
मलाई पनि सामान्य लाग्यो, प्राय गाडीमा यात्रा गर्दा विवाद अनि भनाभन भैरहेकै हुन्छ भन्ने सोचेर सिटमा ढल्किएं । तर केही समयपछि सहचालककाे कड्किएकाे आवाज आयाे । पैसा त तिर्नुपर्छ तपाईले, मलाई अघि तपाईकाे छाेराले दिएको छैन। ` याे बस कहासम्म जान्छ भनेर गाडि चडाईदिएर गएकाे हाे तपाईकाे छाेराे, देख्ने सबै छन् । सित्तैमा बोक्न सकिन्न भाडा तुरुन्त दिनुस् ।´
चेतावनी र धम्किपूर्ण भाषामा थर्काउन थाले सहचालक। उनको त्यो निरन्तरको थर्कमानपूर्ण व्यावहारले मेरो पनि ध्यान तान्यो र पछाडी फर्किएर हेरे बृद्ध बा रहेछन । उनको चाउरी परेको अनुहारमा बयानै गर्न नसकिने पीडा, लाचारि अनि बिबसता देखें । अनि आँखा रसाएको थियो भने उनलाई छट्पटी भईरहेकाे प्रष्ट देखिन्थ्यो ।

सहचालकको अपमानित हुनेगरी भईरहेको खरो प्रस्तुति र तिं बा को अवस्था हेरेर मलाई पीडा भयाे । कहाँ सम्म जाने भनेर साेधें तर बा बाेल्नै सकेनन्, चार पटक सम्म सहचालक लाई पनि सोधे उहाँ कहाँ सम्म जाने? गाली गर्दै पैसा तिर्न पर्छ भन्नमा ब्यस्त उनले मेरो कुरा नै नसुने झै गरे । त्यस्पछी “कति कराउनु हुन्छ म दिन्छु उहाँको भाडा कहाँ सम्म जाने ?” भनेर फेरि सोधेपछि मात्रै सहचालकले काकारभिट्टा जाने रे, २८० रुपैया दिनु भने । मैले पैसा झिकेर दिदा सम्म ती बृद्धअबश्थाका बा ले सहचालकलाई हात जाेडेर बिन्ति गर्न थालिसकेका थिए । लगत्तै पैसा थाप्दै सहचालकले नै बा लाई सम्झाउन थाल्यो ` बा चिन्ता नलिनु अब अरामले बस्नु तपाईंको भाडा उहाँ बहिनिले तिरिदिनु भयाे । बरु उहाँलाई धन्यवाद दिनुस् ।´ अनि उसैको ताल मा ताल मिलाउदै वरिपरिका यात्रु एकै स्वरमा भन्न थाले` हो हो उहालाई धन्यवाद दिनुस! कस्तो रहेछ तपाईंको छोरो? उहाँ ले सहयोग गर्नुभयो धन्यवाद भन्नुस!´
धन्यवाद भन्न पर्दैन, म संग थियो र सहयोग गरें अब हल्ला नगर्नुस्, मैले भने । किनकि मलाई धन्यवाद चाहिएको थिएन, ती बा को अवस्था र सहचालकको व्यबहारले पीडाबोध भएको थियो मलाई । बस भरी रहेका यात्रुहरुमा हराएको मानवता, कसैको बिबसता लाई देखेर आनन्द ले मनोरञ्जन लिने व्यवहारले घोचेको थियो । त्यतिमात्र हैन ती बा को अनुहार र शरीर देख्ने बित्तिकै मेरा स्वर्गीय बुबाको याद आएको थियो ।
मनमा धेरै कुरा खेलाउदै म आँखा चिम्लिएर सिटमा ढल्किए । मेराे छेउमा एकजना दिदी थिइन् । अचानक मेरो खुट्टा कसैले दुई हातले समात्यो म झसङ्ग भएर आँखा खोले । तिनै बा रहेछन । मलाई यति ठुलो सहयोग गर्नुभयो, कहिलै भुल्न सक्दिन भन्दै थिए । मैले हतारमा बा को हात तानेर खुट्टाबाट हटाएं । ‘यस्तो नगर्नुस बा तपाईंले त आशिर्वाद दिने हो, गएर बस्नुस आफ्नाे सिटमा’ भनेपछि बा ले टाउकाेमा हात राखेर आशिर्वाद दिए र आफ्नो सिटमा गएर बसे । मलाइ सार्है पिडा भयो बृद्धावस्थाका ती बा ले अरु कसैको खुट्टा समाउनुपर्ने अवस्थामा पुग्नु पर्दा । कसैकाे प्रवाह नगरि राेईदिउ जस्ताे भयाे ।
आखा भरिएर आए यात्रा गरुन्जेल झ्याल बाट बाहिर हेरेरै बिताएं । कस्तो बिडम्बना छ हाम्रो समाजमा आफ्नो सबै उमेर छोरा छोरी र परिवारका लागि समर्पित गर्छन बाबुआमाले, तर उनिहरु बुड्याैलि उमेरमा पनि शान्ति र सम्मानित जीवन जिउन सक्दैन । अपमानित हुनुपर्छ धेरै ठाउँ ।
ती बा का छोराले भुलबस पैसा दिएनन या नियत थियो थाहा छैन । बसका सहचलकले यातायात खर्च उठाउनु नै पर्छ । भाडा नतिर्दा या कम बढिकाे माेलताेलमा अरुले बोलिहाल्नु उचित नहोला । तर अस्पतालबाट फर्कदै गरेको बाबुसंग पैसा छैन भनेर जान्दाजान्दै बसमा नै दिन्छु नभनी अगाडि नै पैसा दिनु पर्थ्यो ।
सहचालकले नरम भाषामा, अपमान नगरी पैसा माग्न पर्थ्यो, कहिलेकाही परिस्थिति हेरेर नलिए पनि केही बिग्रदैन थियो किनकी सधै सबै पैसा नदिएर चड्दैनन्, समस्या बाध्यता जाे काेहि लाई आउन सक्छ । अर्काे परिस्थिति र वास्तविकता बुझेर अरु यात्रु मिलेर सहयोग गर्नु पर्छ । याद राखौ जति सुकै सप्पन्न र शिक्षित भएपनि अप्ठ्यारो परिस्थितिकाे सामना गर्न पर्ने हुन सक्छ । हाम्रो परिचय लगाएकाे कपडा ले हैन व्यबहार ले दिन्छ ।
अन्त्यमा भन्न चाहन्छु कुनै बुबा आमाले आफुभन्दा साना को खुट्टा समातेर रुने दिन कहिलै नआओस् ।
