बालाराम उपाध्यायः
राजनीति राज्यको मूल निति हो।यो भनाइ लाइ कसैले पनि इन्कार गरेको देखिदैन । राजनीति को लाइन, दिशा र गतिविधि ले देश र जनताको भबिस्य निर्धारण गरिरहेको हुन्छ । आजको बिश्व राजनीति मा राजनीति दलको विकल्प दल बाहेक अरु को कल्पना गरिएको देखिदैन । दलको बिकल्प दलै हो। तर चीर स्थायी केही छैन । यो कुरा सबैले बुझ्न जरुरी छ।आजको बदलिँदो बिश्व राजनीति मा विभिन्न प्रकारको उतारचढाव आइरहेको छ।बिगत लामो समय सम्म निश्चिति शक्ति केन्द्रको वरिपरि घुमेको बिश्व राजनीति आज आएर बहुध्रुबिय शक्ति मा बिभाजित छ । तथापि लामो समयसम्म आफुलाइ महाशक्ति रास्ट्रको उपमा दिन चाहने देशहरू जसले केही समय बिश्वब्यापी एकछत्र राज पनि गरे यिनिहरु र आज नयाँ तरिकाले देशको विकास गर्दै बिश्वको उदीयमान रास्ट्रको रुपमा देखिएका देशहरूको बिचमा बिश्वासको संकट पैदा हुनुका साथै एकले अर्कोलाई शत्रुता को रूपमा हेरिरहेका छन् ।
जसको पछिल्लो उदाहरण हो, अमेरिका इराक युद्ध, उत्तर कोरिया र दक्षिण कोरिया युद्ध, भारत पाकिस्तानी युद्ध, रुस युक्रेन युद्ध, आदि । राजनीति को बाटो सिधा हुदैन । यो बाङ्गोटिङ्गो हुन्छ । यो सधै घाम जस्तो चम्किलो र तातोमात्रै हुदैन, जुनजस्तो फिका र मधुरो पनि हुन्छ । भनिन्छ-राजनीति मा स्थायी शत्रु र स्थायी मित्र हुदैन । प्रकृतिको नियम पनि यो होकि कसैको पनि एकनास उन्नति र प्रगति सम्भव छैन । यो पृथ्वी मा सबै बस्तु नासवान छन्, बेद पुराण ले पनि यहि भन्छन् भने बिज्ञान ले पनि यहि कुराको प्रमाणित गरेको छ ।
आजको बिश्वब्यापीकरणको प्रभाव सबै ठाउँमा परेको देखिन्छ । संसारमा प्रकृतिको नियम को विरुद्धमा जानखोज्नेहरु पछाडी परेको मात्रै छैनन्, आफ्नो अस्तित्व समेत गुमाउन पुगेका छन् । त्यसैले हर कुरा बन्दुकको गोलि जस्तो सिधा सम्झिने र बुझ्ने हरु पक्कै पछाडी पर्छन् । राजनीति शास्त्रीहरु राजनीति लाई मौसम संग पनि तुलना गर्न खोज्छन् । आज आएर बिश्व का प्रायःजसो देश हरुमा, अशान्ति, बेमेल, निरासा र प्रतिकुल स्थिति को शृजना हुँदै गइरहेको देखिन्छ । आसा र उत्साह पैदा गराउन सफल थोरै देश मात्रै छन् । शक्ति सन्तुलन का हिसाबले पनि कतै नयाँ बन्ने र कतै गुन्मे गरेको देखिन्छ । विकसित देश देखि, विकाससिल तथा अल्पबिकशित देश सबै लाई अनेकौं प्रकारको चुनौती छ।जसले ती चुनौती को सजिलोसँग समाधान गर्न सक्नेछन् तिनले प्रगती र उन्नति गर्न सक्छन् । अविकशित र विकासशिल देशहरूमा अझै ठूलो चुनौती छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै चुनौती को सामाना गर्नुपर्ने छ । एउटा योग्य, कुसल ड्राइभरले जसरि गाडी गन्तव्यमा सकुशल पुर्याउछ त्यही तरिकाले नेतृत्वले जनताको भावनाको कदर गर्दै समय सापेक्ष नीति र योजना निर्माण गरिनुपर्छ । जसले सकारात्मक दृस्टिकोणको विकास गराउछ । जनता लाई असावादी बनाउछ, रास्ट्र निर्माण मा सबैलाई सरिक गराउन सकिन्छ।सबै आफ्नो भबिस्य देख्छन् र सहयोग गर्छन्, जसले आफ्नो भबिस्य सुन्दर देख्दैनन् तिनमा नैरास्यता पैदा गराउछ । बिद्रोही भावनाको विकास गराउछ, त्यसले विकास हैन विनास तिर लैजान्छ । आज नेपालको पछिल्ला राजनीतिक गतिविधिले आम जनतामा आसा भन्दा निराशा बढी देखिन्छ । यी र यस्ता तमाम गतिविधिहरुको अध्ययन गरि सुशासन प्रदान गरि जनतामा आशाको दियो जगाउन जरुरी छ । विशेष गरि युवा पिंढिमा नेपालको राजनीति प्रती आसा थोरै, निराशा धेरै छ ।
जनताहरु राजनीतिक दलहरु प्रती निराश हुनाका कारण हरुः
(१) बोली र व्यबहारमा एकरूपता नहुनु
(२) ब्यक्तिवाद र परिवारवाद हाबी हुनु
(३) सत्तामोहमा फस्नु
(४) भ्रस्टाचार र बेथिति बढ्दै जानू
(५) राज्यको हरेक अंगमा राजनीति करण हुनु
(६) राज्यको सबै क्षेत्रमा बिचौलियाको प्रवेश हुनु
(७) डन, गुण्डा, दलाल, तस्कर र पैसा वालाहरु हाबी हुनु
(८) गरिव, श्रमिक, मजदुर, किसानको बेवास्ता हुनु
(९) पदमा पुग्ने बित्तिकै धरातल बिर्सिने गर्नु
(१०) ईमानदार नेता कार्यकर्ताको बेवास्ता हुनु
(११) महँगि र बेरोजगारी बढ्नु ।
(१२) नीति प्रधान हैन, नेता प्रधान हुनु
(१३) वैदेशिक हस्तक्षेप बढ्नु ।
यी र यस्तै कार्यहरू को कारण नेपालको राजनीतिमा थोरै आशा र धेरै निराशा छ । सबैको ध्यानाकषिर्त होस् । धन्यवाद ।
(लेखक उपाध्याय नेकपा माओवादी केन्द्र अछामको जिल्ला कमिटी सदस्य तथा अधिवक्ता हुनुहुन्छ ।)