कांग्रेसकाे पालिका अधिवेशन असोज ९ मै, बाँकी जिम्मा निर्वाचन समितिलाई

Purnima Mobile
Kirci Gyan Kendra

काठमाडौं : नेपाली कांग्रेसले पालिका तहको अधिवेशन पूर्व निर्धारित (असोज ९) गते गर्ने निर्णय गरेको छ। कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको आज अपरान्ह संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

Samajik New Add 2082

वडा अधिवेशन सकिएका जिल्लाहरूमा असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय भएको महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। ‘वडा अधिवेशन सम्पन्न भएका जिल्लामा ९ गते नै पालिका अधिवेशन सम्पन्न गर्ने र सदस्यता नटुंगिएका जिल्लामा निर्वाचन समितिले नै अवस्था हेरेर मिति निर्धारण गर्ने सहमति भएको छ’ महतले भने।

Mellekh RM1

महतका अनुसार बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएर वडा अधिवेशन सकिएपछि मात्र पालिका अधिवेशन गर्नुपर्ने बताएका थिए।

Saud Agro Kailash

‘उहाँ (पौडेल) ले सबै जिल्लामा वडा अधिवेशन सकिएपछि मात्रै पालिकाको अधिवेशन गर्नुपर्ने धारणा राख्नुभयो’ नेता महतले भने, ‘चुनिएका प्रतिनिधिले माथिल्ला तहमा उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारसमेत गरिसक्नुभएको छ त्यसैले ९ गते नै पालिका अधिवेशन गर्नुपर्छ भन्ने सहमति भयो।’

उनले बाँकी जिल्लाको सदस्यता विवाद पनि ९ गतेभित्रै टुंग्याउने सहमति भएको जानकारी दिए। वरिष्ठ नेता पौडेलले भने दसैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दशैँपछि गर्ने सहमति जुटेको बताए।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल र रमेश लेखकसहितकाे कार्यदलले क्रियाशील विवाद टुंग्याउनेछ। यो समितिले विवाद समाधान गरेका जिल्लाको क्रियाशील सदस्यताको सूची पनि निर्वाचन समितिले सार्वजनिक गरेको छैन।

-Thahakhabar

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.