मेरो हराएको हरियो डायरी (कविता)

– जे. बि. रावल

हराएको हरियो डायरी,

Janahitkari notice EYE

राजधानिको एउटा व्यस्त बजार,

बागबजारको एउटा पुस्तक पसलबाट किनेको थिए ।

राजधानी बसाइका महत्त्वपूर्ण टिपोटका लागि,

किनिएको त्यो अध्ययनको डायरी,

कोठा बाट निस्कदा दैनिक जसो सानो झोलामा हुन्थ्यो ।

लगभग ३०० पेजको मेरो हरियो डायरी,

लगभगै उतिखेरको ३०० रुपैयाँ नै परेको थियो ।

आवरण चकमन्न त्यो डायरीका पन्ना पनि चकम्न्न लागे र किने,

डायरीहरूको थानमा चम्किलो डायरी थियो त्यो हरियो डायरी,

म जति काठमाडौको चोक र गल्लिमा घुमफिर गरे,

डायरीले पनि त्यति नै घुमफिर गर्यो । 

महत्त्वपूर्ण कुरा बाहेक डायरीमा अरु कुरा लिखित हुदैन थे,

कसैले हात लगाएर छोए पनि खान्ती लाग्ने हरियो डायरी,

कतै लेखेर पाना सिद्दिन्छन कि भन्ने लोभ लाग्थ्यो ।

यसरी लामो समय सम्म डायरीरीलाइ,

जतन गरि राख्ने मेरो ठूलो कोसिस थियो ।

जीवनमा काम लाग्ने महान व्यक्तिका वाणीहरू,

दुइटै पेजका सिरानमा हस्तलिखित कयौ दृष्टान्त, लघुकथा, उखान साभार थिए ।

डायरी छिटो सकिन्छ भनेर ती अक्षरहरू कृमुले अक्षरमा पोतिएकाऽ

धेरै पुस्कालय धाएको त्यो डायरीऽ

जीवनको एउटा अभिन्न अंग झै लाग्थ्योऽ

डायरीको धेरै पत्रिकासंग साइनो थियोऽ

त्यस डायरीमा मेरा जीवनका सुख र दुख, उकाली ओरालीका छोटा छोटा लघु कथा र कविता लेखेको थिए ।

ती मघ्ये एक थियो -मध्धे रातमा लेखिएको लघु गद्य कविता,

मेरो लागि त्यो भुल्नै नसकिने कविता,

डायरी हराएको हुदा उक्त कविता पनि हरायो ।

त्यसैले आज हराएको हरियो डायरीको सम्झना आयो . 

हरियो डायरी तिमी राजधानीमै हरायनौ,

तिमी म सङ्गै राजधानीबाटको सुदुर अछाम त पुग्यौ,

म मेरो घर पुगे तर तिमी मेरो घर पुगेनौ,

तिमी अछामको जैगढ बजारमै छुटयौ,

छुटेको बजारको एउटा पसलमा तिमी लगभग २ वर्ष तेतै बस्यौ,

अनि पसलमा २ वर्ष पछि जादा फेरि भेटियौ ।

डायरी र पसल धन्यवादका पात्र हुन ।

पसल साहु दाइ मेरो अनन्य मान्छे,

त्यसैले मेरो डायरी बचेको रहेछ ।

फेरि राजधानीको मध्य रातको लघु गद्य कविताको दर्शन पाइयो,

र त्यो मैले धेरै पटक हेरे र स्मृतिले भावनात्मक बनायो ।

वर्तमान र भविष्यको सपना बोकेको मेरो हरियो डायरी, 

पुन : हरायो,

आज हरियो डायरी मसङ्ग छैन,

एक पटक हराएको डायरी फेरि हरायो ।

न म संग हरियो डायरी सङ्ग भेटिएका, 

मनमित्र हरु, डायरीमा लेखिएका महानवाणीहरू, डायरीमा लेखिएका जीवनका दृष्टान्तहरू,

डायरीमा लेखिएका जीवन संघर्षका लघु कथा र कविताहरू साथमा छन, न स्वयं हरियो डायरी साथमा छ ।

दुई पटक हरायको मेरो प्रिय हरियो रङको डायरी ……………

(कवि रावल मंगलसेन नगरपालिकाका शिक्षा अधिकृत हुनुहुन्छ)

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.