सेनाले माग्यो २२९ सहायक सेनानी

नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले अधिकृत (सहायक सेनानी) मागेको हो ।

खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने सेनाले जनाएको छ । सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी भर्ना केन्द्रमा १० रूपैयाँको टिकट टाँसेर आवेदन भर्न सकिने सेनाले बताएको छ ।

Mangala School 2081 subhakamana

काठमाडौंस्थित स्वयम्भू बारूदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट पनि आवेदन फारम गर्न सकिने निर्देशनालयले जानकारी दिएको छ । आवेदन दिँदा एक हजार दस्तुर लाग्नेछ ।

प्रमाणपत्र तह वा सो सरह पास गरेकाले अधिकृत क्याडेटका लागि आवेदन दिन सक्नेछन् । उचाइ पुरूषका हकमा ५ मिट ३ इन्च र महिला ५ फिटको हुनुपर्नेछ ।

-setopati

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.