पत्रकार खडका द्धारा मेल्लेखमा कपडा उद्योग संञ्चालन, भन्छन -“गाउँपालिका र आफ्नो फरक परिचय दिन चाहन्छुं”

गाउपालिकाका ५० देखि १०० जनालाई रोजगारी दिने योजना

कमल रावलः

Samajik New Add 2082

लामो समय राजधानीमै सक्रिय पत्रकारिता गरेका व्यक्ति हुन गोविन्द खड्का । मेल्लेख गाउँपालिका ६ स्थायी घर भएका खड्का आफ्नो संगै सिंगो गाउँपालिकाको फरक पहिचानका लागि गाउँमै कपडा उद्योग संचालनमा अघि बढेका छन ।

व्यावसाय संगै सामाजिक सेवाका लागि आफु फरक पहीचान सहीत उद्योग संञ्चालन गरेर अघि बढेको खड्काले बताए । पहाडी जिल्लामा ग्राम उद्योग संञ्चालन गर्ने पहीलो स्थानिय तह बनेको मेल्लेख गाउपालिकामा पहीलो उद्योगी बनेका खड्काले मेल्लेख गाउपालिकाको औद्योगीक ग्राम संञ्चालन गर्ने परिकल्पनामा गाउपालिका अध्यक्ष लोक बहादुर बोहरासंगै योजनाबद्ध रुपमा अघि बढेको खडकाले बताए । समाजको लागि केही गर्ने हुटहुटीले गर्दा नै मुलधारको पत्रकारितालाई समेत बेवास्था गरेर कपडा उद्योग संञ्चालन गर्न सफल भएको उनको भनाई छ ।

पत्रकार गोविन्द खड्काद्वारा सञ्चालित ग्राम उद्योग मेल्लेखको कपडा उद्योग ।

उद्यमी खड्काले गाउपालिकाका अध्यक्ष बोहरासंगको योजना र हरेक उद्योगीसंगको छलफल पछी मात्र आफुले गाउँपालिकाको ग्राम उद्योगमा पहीलो उद्यमीका रुपमा  कपडा उद्योग संचालन गरेको मंगल खबरलाई बताए । तराईका जिल्ला कैलाली र कंञ्चनपुरमा मात्रै कपडा उद्योग संञ्चालनमा रहेको स्मरण गर्दै पहाडी जिल्लालाई समृद्ध बनाउन र जनतालाई सेवा दिन आफु लागिपरेको खड्काको भनाई छ । खड्का भन्छन् – “चाँडै उद्योगबाट ठुलो नाफा लिने योजना नभएर ‘ब्यापार नभएपनी घाटा त हुदैन’ भन्ने सिद्धान्तका साथ उद्योग संञ्चालन गरेको छुं ।”

मेल्लेख औधोगिक ग्राम । जुन हालै सञ्चालनमा आएको हो ।

 

मेल्लेख गाउँपालिकाले करिब ५० लाखको लागतमा निर्माण गरेको ग्राम उद्योगको भौतिक संरचनामा तत्काल २१ लाख लगानी गरेर खड्काले कपडा उद्योग संञ्चालन गरेका हुन । असोज महीना भित्र उद्योगलाई अझै ब्याबस्थापन गर्नका लागी थप ३० लाख बराबरको लगानी हुने उहाँले जानकारी दिनु भयो । उद्योगमा तत्काल ३ जना दक्ष कर्मचारी छन । निकट भबिष्यमै गाउपालिका भित्रका ५० देखि १ सय जना युवालाई तालिम दिएर उद्योगमा रोजगारी उपलब्ध गराउने उद्यमी खड्काको लक्ष छ ।

मेल्लेख औधोगिक ग्रामको मुख्य भवन ।

कपडा उद्योग विशेष गरि स्थानिय सरकार, विद्यालयहरु, र स्थानिय जनतासंग प्रत्यक्ष जोडिएकोले त्यही अनुसारको समन्वय गर्दै अगाडी बढने खड्काको प्रष्ट योजना छ। पत्रकारिता क्षेत्रमा लामो अनुभव रहेका खड्काले तत्काल पत्रकारिता छोडने योजना नभएपनी भबिष्यमा पत्रकारिता क्षेत्रबाट बिश्राम लिएर उद्यममा पूर्ण रुपमा होमिन सकीने बताए । “म जहाँ लाग्छु त्यहा केही नयाँ गर्नुपर्छ भन्ने अठोट हुन्छ,” खड्काले अघि भने – “उद्योग आर्थिक समृद्धि सहीत समाजसँग जोडिने भएकाले म बिना उद्योग चल्न नसक्ने अबस्था आएमा पत्रकारिताबाट बिश्राम लिएर यसमै केन्द्रित हुनें छु‌ं” उनले भने ।

१२ वर्ष सामुदायिक सूचना नेटवर्क सिआइएनमा अनवरत पत्रकारिता गरेका उद्यमी खड्का अहिले नेपाल एफएमको व्यवस्थापन सहित पत्रकारितामा समेत निरन्तर अघि बढिरहेका छन ।

 

Leave A Reply

Your email address will not be published.