भीम रावलले भने- मौनताको अर्थ हुन्छ, समय आएपछि बोल्छु

Kirci Gyan Kendra

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू समय आएपछि बोल्ने भन्दै मौनताको अर्थ हुने बताएका छन्।

Samajik New Add 2082

केन्द्रीय कमिटी बैठक चलिरहेको नेकपा (एमाले) का स्थायी कमिटी सदस्यबीच भएको अनौपचारिक छलफलमा नेता रावलले आफू पार्टीको पछिल्लो अवस्था र गतिविधिबारे तत्काल नबोल्ने भन्दै केही समय मौन बस्नेत बताएका हुन्।

केन्द्रीय कमिटी बैठक भइरहेको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा आइतबार दिउँसो स्थायी कमिटी सदस्य अनौपचारिक बैठक बसेको थियो।

बैठकमा उपस्थित एक नेताका अनुसार रावलले छलफलमा आफू अहिले केही नबोल्ने र समय आएपछि बोल्ने बताएका हुन्। ‘मौनताको अर्थ रहन्छ। तत्काल केही बोल्दिनँ’, रावलको भनाई उद्धृत गर्दै ती नेताले भने।
पछिल्लो समय रावल पार्टीमा असन्तुष्ट छन्।

दश बुँदे सहमतिअनुसार पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने कुरामा एमालेभित्र मतभेद छ। अन्तिम समयमा माधवकुमार नेपालको साथ छोडेर एमालेमै बसेका उपाध्यक्ष भीम रावलले दश बुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू हुनुपर्ने बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज माओवादी केन्द्र छोडेर आएका लेखराज भट्टलाई बनाएका छन्।

Saud Agro Kailash

बागमती प्रदेशमा पनि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’ लाई इन्चार्ज बनाइएको छ।

उपाध्यक्ष रावलले केन्द्रीय कमिटी बैठकमा यो विषय उठाएका थिए। अध्यक्ष ओलीले यसबारेमा स्थायी कमिटी बैठकबाट निर्णय गर्ने बताएका थिए। सोही सन्दर्भमा आज स्थायी कमिटीमा आज छलफल भएको हो।

स्थायी कमिटी सदस्यको छलफलपछि अहिले एमाले केन्द्रीय कमिटी बैठक सुरू भएको छ।

असोज १५ देखि हुने विधान महाधिवेशनमा पेश गरिने विभिन्न प्रतिवेदनबारे केन्द्रीय कमिटी बैठकमा छलफल भइरहेको छ।

प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ। ती छलफलका क्रममा उठेका प्रश्नको आज जवाफ दिने कार्यक्रम छ।

-setopati

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.