सुदूरपश्चिममा आज पुषे पन्ध्र मनाइँदै

Purnima Mobile
Samajik Bal biwaha

धनगढी: सुदूरपश्चिममा आज सबैभन्दा लामो रात तथा पुषे पन्ध्रका रुपमा धुमधामसंग मनाइँदै छ। आजको रात सबैभन्दा लामो हुने विश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाई धुवाई गर्ने चलन रहेको छ।

Mangala Bharna
Saud Agro Kailash

पुुस १५ मा तरुल, सखरगञ्ज, फर्सी लगायतका कन्दमूल खाने चलन रहेको छ भने घिउमा पकाएका सेलरोटी,माँडा खाने चलन पनि रहेको छ। आजको दिन धेरै ठाउँमा वनभोज गर्ने चलन पनि रही आएको छ। यद्यपि पछिल्लो समयमा यो चलन हराउँदै गएको छ।

Mellekh RM1

पुस १५ का दिन मनाइने पुषे पन्ध्र पर्वमा विवाहित छोरीबेटीलाई पनि घरमा आमन्त्रण गरी भव्य रूपमा स्वागत सत्कार गर्ने चलन रही आएको छ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.