तराईमा शीतलहर जारी, पहाडमा आंशिक बदली

Purnima Mobile
Samajik Bal biwaha

हाल तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ ।

Mangala Bharna

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Mellekh RM1

राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

Saud Agro Kailash

पुस १७ गतेदेखि तराईमा शीतलहर चल्न सुरु भएको हो। पाँच दिनयता तराईमा घाम नलाग्ने, चिसो बढेसँगै शीतलहर चल्ने क्रम जारी रहेको मौसमविद् वरुण पौडेलले बताए। योसँगै हिमालमा हिमपात र पहाडमा हुस्सु, कुहिरोको चाप बढ्दो छ ।

चिसो बढेसँगै शीतलहरले तराई भेगमा अन्यत्रभन्दा ५ डिग्री सेल्सियस अधिकतम र न्यूनतम तापक्रममा एकै पटक गिरावट आएको छ। भैरहवा, सिमरा, जनकपुर, सुनसरी, बाँकेलगायतका तराई क्षेत्रमा शीतलहरको चाप बढ्ने भएकाले जिउधनको रक्षा गर्न सरकारसँग महाशाखाले अपिल गरेको छ ।

चिसो मौसममा पहाडी र तराई भेगको तापक्रमको उतारचढाव भौगोलिक अवस्थाअनुसार फरक–फरक प्रक्रियामा हुन्छ। विशेषगरी जाडोको समयमा पृथ्वीभित्रको तापक्रम वायुमण्डलमा जाने क्रममा पहाडमा हुस्सु र कुहिरो बनेर बस्छ ।

तराईमा शीतलहर बनेर फेरि जमिनमै चिसो फर्किन्छ। मौसमविद पौडेलका अनुसार तराईको समथर भौगोलिक अवस्थाका कारण जमिनको तापक्रम वाष्पीकरण भएर माथिल्लो वायुमण्डलमा पुग्न सक्दैन, चिसोका कारण शीतका रूपमा फर्किन्छ ।

यो अवस्थाको अन्त्य हुन कि त वर्षा हुनुपर्छ, कि त ठूलो हावाको प्रवाह आउनुपर्छ। जमिनको नजिकै वाष्पीकरण भएर बस्ने भएकाले त्यसै हट्दैन ।

-setopati

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.