राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना उपसभामुखकाे उम्मेदवार, प्रस्तावकमा साेबिता गाैतम

काठमाण्डाै : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ ।

शुक्रवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले उपसभामुखमा रानामगरलाई उठाउने निर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रूपमा पार्टीकी सांसद सोबिता गौतम प्रस्ताववक रहनु हुने भएको छ ।

झापाकी मगर समानुपातिक सांसद हुनुहुन्छ । उपसभामुखमा यसअघि सांसद सोबिता गौतमको चर्चा भए पनि पार्टीले भने मगरलाई अघि सारेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनिएको र कानुनको बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताउनुभयो ।

त्यस्तै सांसद इन्दिरा रानामगरले भने आफूले कानुनको अध्ययन नगरेको भए पनि कानुनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको बताउनुभयो ।

उपसभामुखका लागि भाेलि शनिवार चुनाव हुँदैछ, आज उपसभामुखको मनाेनयन दर्ता गर्नुपर्नेछ । सत्ता गठबन्धनबाट रास्वपाले उम्मेदवारको टुङ्गो लगाएसँगै प्रतिपक्ष दलहरू पनि उपसभामुखको उम्मेदवार टुङ्गाे लगाउन बैठक बसिरहेका छन् ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.