मंगलसेन नगरपालिकामा १३ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

Purnima Mobile
Kirci Gyan Kendra

१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मंगलसेन नगरपालिका स्तरिय छनोट प्रतियोगिता शोडषा माध्यमिक विद्यालयमा शनिबारबाट सुरु भएको छ । शिक्षा युवा तथा खेलखुद शाखा प्रमुख जगत बहादुर रावलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नगरपालिका उपप्रमुख संगिता कुमारी रावल प्रमुख अतिथि रहनु भएको थियो ।

Samajik New Add 2082
Saud Agro Kailash

कार्यक्रमको उदघाटन गर्दै उपप्रमुख रावलले खेलकुदले हरेकलाई चिनाउने भएकाले खेलाडीलाई लगनशील र खेलप्रति प्रतिबद्ध भएर लाग्न आग्रह गर्नु भयो । प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाई सान्तवना प्रदान गर्दै उहाँले अनुशासित भएर विचलीत नभई खेलमा सहभागि हुन अनुरोध गर्नु भयो । अन्तर माध्यमिक विद्यालय खेलकुद प्रतियोगितामा छनौट भई जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन शुभकामना दिँदै उहाँले प्रदेश हुँदै राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा सहभागि हुनेगरि खेलहरु खेल्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

Mellekh RM1

मंगलसैन नगरपालिका शिक्षा युवा तथा खेलखुद शाखाको आयोजनामा भएको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाकोे विशिष्ट अतिथिमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सोडारी रहनुभएको थियो । नगरका १२ विद्यालयको सहभागिता रहेको उदघाटन कार्यक्रममा शोडषा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक मदन कुवरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन शोडषा माध्यमिक विद्यालयका शिक्षक धन बहादुर केसीले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.