एमालेले तत्काल सरकार नछाड्ने, राष्ट्रपति चुनावसम्म पर्खने

Purnima Mobile
Samajik Bal biwaha

काठमाण्डाै – नेकपा एमालेले तत्काल सरकार नछाड्ने भएको छ । शनिवार आज बिहान बसेको पार्टी सचिवालय बैठकले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने र राष्ट्रपतिको चुनावसम्म अहिलेकै गठबन्धन कायम हुने निर्णय गरेको हो ।

Mangala Bharna
Saud Agro Kailash

बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले पुस १० गते जुन सहमति भएको थियो, त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो । अहिले भएको सरकार फाल्ने र नफाल्ने भन्नेबारेको विषय नभइ राष्ट्रपतिको मात्रै विषय भएकाले २५ गतेसम्म पर्खने निर्णय भएको उहाँको भनाइ छ ।

Mellekh RM1

यस्तै एमालेले राष्ट्रपतिको चुनावमा आफ्नो पक्षमा बहुमत जुटाउन नेपाली कांग्रेसबाहेक सबै दलसँग संवाद गर्ने भएको छ । गुरुङले भन्नुभयो,  ‘कांग्रेसको आफ्नै उम्मेदवार भएकाले कांग्रेसबाट हामीलाई सहयोगको आश भएन, बाँकी सबै दलहरूसँग राष्ट्रपतिको चुनावसम्म हामी छलफल र संवाद गर्दै सहकार्यको वातावरण बनाउँछौँ ।’

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.