
राष्ट्रिय युवा संघ नेपाल अछाम जिल्लाको ११ औं जिल्ला अधिवेशन आज सदरमुकाम मंगलसैनमा सम्पन्न भएको छ ।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अछामको जिल्ला अधिवेशन आज जिल्ला अध्यक्ष हेमन्त बिसीको अध्यक्षतामा मंगलसैनमा सम्पन्न भएको छ । हेमन्त बिसीको अध्यक्षतामा २९ सदसिय नयां कार्य समिति पुनः सर्वसहमत चयन भएको हो ।


नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कमल प्रसाद तिमिल्सैनाको प्रमुख आतिथ्यता र राष्ट्रिय युवा संघ नेपालका सुदूरपश्चिम प्रदेश कमिटी संयोजक बिनय शाहको बिशिष्ट अतिथ्यतामा भएको अधिवेशनको कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य डि. बी. साउद तथा जिल्ला कमिटी अध्यक्ष चन्द्र बोहरा, जनबर्गिए संगठनका प्रमुख तथा प्रतिनिधीहरू लगायत नेकपा एमाले का नेता कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा अनेरास्वियूका केन्द्रीय निवर्तमान उपाध्यक्ष डि. बी. साउदले अतिथिको आसनबाट बोल्दै युवाहरूको जामतले नै नेकपा एमाले पार्टी चलेको बताउनु भएको छ । देश बिकास मा समेत युवाहरूको अहम भुमिका रहेको प्रदेश कमिटी सचिवालय सदस्य साउदले बताउनु भएको छ । राष्ट्रिय वुवा संघ नेपालका संस्थापक अध्यक्ष पूर्व प्रधान मन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मावली पनि युवाकै नेतृत्त्व गरेर आएको र युवाहरू भविष्यका कर्णधार मात्र नभएर बर्तमानका साझेदारी समेत हुन साउद भन्नु भयो । युवाहरूलाई देशमै रोजगारको सुनिश्चितता हुनुपर्ने र सरकारले राष्ट्र निर्माणको अभियावमा युवाको शक्ति लागाउनु पर्नेमा साउदले जोड दिनुभएको छ ।
उक्त अधिवेशनको उद्घाटन कर्यक्रममा नेकपा एमालेका नेता तथा जनबर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरूले मन्तव्य राखेका थिए । राष्ट्रिय वुवा संघ नेपालका जिल्ला कमिटी अछामका उपाध्यक्ष सुनिल साउदको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रम राष्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटी अछामका सचिव जितेन्द्र कुँवरले सन्चालन गर्नुभएको थियो ।
