जिल्ला प्रशासन कार्यालयमा अछामका सूचना अधिकारीहरुको बैठक

सूचना अधिकारीहरुको आगामी बैठकमा पत्रकारलाई पनि सहभागी गराईने

Purnima Mobile
Samajik Bal biwaha

अछामका सरकारी कार्यालयहरुका सूचना अधिकारीहरुको संयुक्त बैठक मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बैठक गरिएको हो ।

Mangala Bharna

बैठकमा सरकारी कार्यालयहरुमा सूचना प्रवाह र सूचनाको हक सम्वन्धि कानून कार्यान्वयनको अवस्था तथा विभिन्न कार्यालयहरुले गरेका अभ्याँसहरुबारे अनुभव आदान प्रदान गरिएको थियो । सार्वजनिक सेवा प्रदायक निकायहरुमा सूचनाको हकको प्रयोगको अवस्था, सूचना प्रदान गर्नका लागि आईपर्ने समस्याहरुबारे पनि छलफल गरिएको छ ।

Mellekh RM1
Saud Agro Kailash

बैठकमा अछामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिम्मेवारीवोधका साथ कार्यसम्पादन गर्न सूचना अधिकारीहरुलाई निर्देशन दिनुभयो । आगामी दिनहरुमा हुने सूचना अधिकारीहरुको बैठकमा पत्रकारहरुलाई समेत सहभागी गराईने उहाँको भनाई छ । हरेक सार्वजनिक निकायले स्वतः प्रकाशन गर्नुपर्ने सूचनाहरु ३/३ महिनामा अनिवार्य रुपमा प्रकाशन गर्नुपर्नेमा उहाँको जोड थियो ।

अछाम जिल्ला स्थित संघ तथा प्रदेश मातहतका सरकारी कार्यालयहरु र स्थानीय तहका सूचना अधिकारीहरुको सहभागिता रहेको बैठकको सहजिकरण जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी मिनराज आचार्यले गर्नुभएको थियो ।

 

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.