

अछाममा चट्याङ लागेर ९ वटा बाख्रा मरेका छन् भने बाख्रा गोठाली घाइते भएकी छन् । जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर वडा नम्बर ६ षोडशाको बाइगाउँमा चट्याङ लागेर बालिका घाइते भएकी हुन भने ९ वटा बाख्रा मरेका हुन् ।

शनिवार साँझ चट्याङका कारण स्थानीय विष्णु भट्टराई लगायतका कृषकका ९ वटा बाख्रा मरेका बताइएको छ । स्थानीय मनीराज भट्टराईका अनुसार चट्याङका कारण जङ्गलमा चराउन लगिएका बाख्रा मरेका हुन भने बालिका सामान्य घाइते भएकी हुन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
