

नरेन्द्र रावल
चैत ८, अछाम ।
मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुमा नवदुर्गा बाख्रा ब्लक संचालक समितिले किसान हरुलाई दुईलाख ७० हजार बराबरका खरी जातका बाख्रा समुदायमा बितरण गरेकाे छ ।
कार्यक्रममा पशु बिज्ञ केन्द्रकाे ५० प्रर्तिसत रकम दुईलाख ७० हजर बारावरकाे १५ जना किसानहरुलाई ३० वटा बाख्रा र तीन समुहमा तिनवटा बाेका बितरण गरीएका छन ।
जसमा ५० प्रर्तिसत समुदायको लगानी रहेको नवदुर्गा बाख्रा ब्लक संचालक समितिका अध्यक्ष धन बहादुर कडायतले बताउनु भयाे ।
कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष जनक बहादुर कुवर, निवर्तमान वडा अध्यक्ष नेत्र बहादुर रावल, मंगलसेन नगरपालिका का पशु चिकित्सक डाक्टर चिरञ्जीवी रेग्मी, मंगलसेन भेटेनरी अस्पतालका पशु प्राबिधिक ज्ञान बहादुर थापाकाे उपस्थिति रहेको थियो ।
बाख्रा बल्क कार्यक्रम मार्फत समुदायमा जन प्रतिनिधि र सराेकार वालाहरुकाे राेहाेबरमा किसान हरुलाई बाख्रा बितरण गर्दा यहाँका किसान हर्षित बनेका छन ।
पछिल्लो समयमा किसान हरुलाई विभिन्न राहात अनुदान तथा बाख्रा बितरण कार्यक्रमले किसान हरुकाे अाय अार्जनमा टेवा पुग्ने सराेकारवाला हरुकाे भनाई रहेको छ ।
