नेपाल बन्यो प्रधानमन्त्री त्रिदेशीय कपको च्याम्पियन

Samajik Bal biwaha

काठमाडौं: आयुष घलान र मनिष डाँगीको गोलमा नेपालले शुक्रबार उत्कृष्ट पुनरागमन गरेर लाओसलाई २–१ ले हराउँदै प्रधानमन्त्री त्रिदेशीय कपको उपाधि जितेको छ ।

नेपालले लाओसलाई हराएको यो तेस्रोपटक हो । यसअघि यही प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । त्यसअघि २०१६ नोभेम्बरमा सप्पन्न एएफसी सोलिराडिटी कपमा लाओस पेनाल्टी सुटआउटमा नेपालसँग ३–२ ले पराजित भएको थियो ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लाओसले फौथाभोङ साङभिलेले गरेको गोलमा लाओसले १७औँ मिनेटमा अग्रता लिएको थियो । साङभिलेले बौनफाचन बौनकोङको पासमा गोल गरेका हुन् ।

लाओसको अग्रता लामो समय टिक्न सकेन । आयुष घलानले २४औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । लगत्तै आयुषले गोलको राम्रो अवसर खेर फाल्दा नेपालले अग्रता लिने मौका गुमाएको थियो । मनिष डाँगीले दिएको कटब्याकमा नवीन लामा आफैँले नहानी आयुषलाई पास दिएका थिए । तर, आयुषको फितलो प्रहार लाओसका गोलकिपर सेसाबत सौकाफोनले बचाइदिएका थिए ।

खेल सकिन तीन बाँकी हुँदा मनिषले गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । वैकल्पिक खेलाडी अञ्जन विष्टको पासमा मनिषले पनाल्टी क्षेत्रको दायाँ भागबाट पहिलो बार च्यापेर हानेको प्रहार गोलमा परिणत भएको थियो ।

Mangalsen Mun Anurodh

नेपाल पहिलो १० मिनेट हाबी भएको थियो । त्यसपछि लाओसले खेल नियन्त्रणमा राखेको थियो । १–० ले पछि परेपछि नेपाल आक्रामक बनेको थियो । लगत्तै बराबरी गोल फर्काउन सफल भयो । त्यसपछि भने पुनः लाओस हाबी बन्यो । अन्तिम मिनेटमा लाओसका बौनकोङले बाँयाँ कर्नर नजिकैबाट हानेको फ्रीकिक नेपालका गोलकिपर किरणकुमार लिम्बूले मुस्किलले बचाएका थिए ।

दोस्रो हाफमा भने लाओसमाथि नेपाल पूरै हाबी भएको थियो । ५६औँ मिनेटमा आयुषले अर्को एउटा राम्रो मौका गुमाए । मनिषको क्रसलाई पेनाल्टी क्षेत्रमा रहेका आयुषले पोस्टको दिशा दिन सकेनन् । उनको प्रहार विपक्षी गोलकिपरले बचाएका थिए । ६०औँ मिनेटमा आयुषको हेड प्रहार थोरैले आकाशिएपछि नेपालले अग्रता लिने मैका गुमायो ।

नेपालका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो आज पछिल्लोपटक भुटानविरुद्धको टिममा तीन खेलाडी खेलाडी परिवर्तन गरेका थिए ।

उनले अञ्जन विष्टको स्थानमा मनिष डाँगी, नवयुग श्रेष्ठको स्थानमा दीपकराज सिंह ठकुरी, पुजन उपरकोटीको स्थानमा मणीकुमार लामालाई पहिलो रोजाइमा खेलाएका छन् ।

भुटानविरुद्धको खेलमा अञ्जनको ढाँडमा चोट लागेको थियो । पुजन दोहोरो पहेँलो कार्डका कारण निलम्बनमा छन् । भुटानविरुद्धको खेलमा अन्जन घाइते भएपछि ५१औँ मिनेटमा मैदन छिरेका दीपकराजले अन्तिम मिनेटमा गोल गरेपछि नेपाल हारबाट जोगिएको थियो ।

अग्रपंक्तिमा प्रभावशाली प्रदर्शन गरेपछि दीपकराजलाई आज अल्बर्टो एनेसले पहिलो रोजाइमा खेलाएका हुन् । दीपकराजले लाओसविरुद्धकै खेलमा डेब्यू गरेका थिए ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.