कमलबजार नगरपालिका १ मा ११ दिने जोडि सवाद तालिम संचालन

Samajik Bal biwaha

कमलबजार नगरपालिका वडा नम्बर १ मा २० जना जोडिका लागि ११ दिने जोडि संवाद तालिमको उदघाटन गरिएको छ । UNFPA र VSO काे आर्थिक तथा प्राविधिक सहयाेग, पिसबिन नेपालकाे साझेदारीमा सञ्चालित लैङ्गिक विभेदमा आधारित हिंसा, राेकथाम र प्रतिकार्य परियाेजना अन्तरगत दाेस्रो चरणमा कार्यक्रम सुरु गरिएको हो ।

Mangalsen Mun Anurodh

कमलबजार नगरपालिका वडा नम्बर १ का अध्यक्ष भक्त बहादुर बोहराले तालिम उदघाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले तालिममा सिकेका कुरा व्यावहारिक रुपमा लागू गर्न सहभागीलाई अनुरोध गर्नुभयो । जोडिसँग ११ दिनसम्म संवाद कार्यक्रम रहने भएकाले हरेक जोडिले यस कार्यक्रमलाई सुनौलो अवसरको रुपमा लिनु पर्ने उहाँको भनाई छ ।

तालिम शुभारम्भ कार्यक्रममा पिसविन अछामका जिल्ला संयोजक गोकुल खडका, पिसविन नेपालका सामुदायक स्वयंसेवक दुर्पता ढकाल र प्रेम खनालको सहभागीता रहेको थियो । कार्यक्रम संचालन सामुदायिक स्वयंसेवक दुर्पता ढ्काल गर्नु भएको थियोे भने स्वागत मन्तव्य प्रेम खनाल राख्नु भएको थियो । परियोजनाको वारेमा सहजीकरण पीसविनका अछाम जिल्ला संयोजक गोकुल खड्काले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.