डन्डीफोर के कारणले आउँछ ? कसरी हटाउने ?

Samajik Bal biwaha
  • डा. स्मृति श्रेष्ठ, छालारोग विशेषज्ञ

 

डन्डीफोर छालामा हुने आम समस्या हो । अध्ययनका अनुसार ८५ प्रतिशत मानिसलाई जीवनमा एक न एक पटक डन्डीफोर आउँछ । किशोरावस्थामा देखिने डन्डीफोर उमेरसँगै हटेर जान्छ ।

किन आउँछ डन्डीफोर ?

शरीरभित्रको तेल ग्रन्थीले अधिक तेल उत्पादन गर्नु,
छालामा हुने रासायनिक प्रभाव,
छालाको पत्रहरू जम्मा हुनु,
छालामा संक्रमण हुनु,

माथि उल्लिखित कारणले छालामा डन्डीफोर आउनुलाई सामान्य मानिन्छ । तर, यीबाहेक पनि पछिल्लो समय तीस वर्ष उमेर कटिसकेका मानिसहरूमा डन्डीफोरको समस्या बढ्न थालेको छ ।

किशोरावस्थाबाहेक निम्न कारणले अनुहारमा डन्डीफोर देखिने गरेको पाइएको छ ।

तनाव,
वायु प्रदूषण,
छालामा हुने रासायनिक गडबडी,
मास्कको अधिक प्रयोग,
कोल्स्ट्रोलको मात्रा बढ्नु,
थाइरोइड,
मधुमेह,
मोटोपन,
व्यायाम र जिमको बढ्दो अभ्यास,
कपाल सफा नहुनु,
छालाको स्याहार नमिल्नु,

छालामा नियमित डन्डीफोर आउनु, दाग बस्नु, दुख्ने गरी घाउ हुनु खत छोड्नुलार्य सामान्य डन्डीफोर भन्न मिल्दैन । यस्तो अवस्थामा छालारोग विशेषज्ञको सल्लाहमा उपचार प्रक्रियामा जानुपर्छ । अन्यथा सामान्य देखिने डन्डीफोरले छालामा दीर्घकालीन असर देखाउन सक्छ ।

कसरी जान्छ डन्डीफोर ?
डन्डीफोर नियन्त्रणका लागि खानपान माध्यान दिनु नै पहिलो उपाय हो । स्वस्थकर खानपान र प्रशस्त पानी पिउनु डन्डीफोर रोकथामको एक उपाय हो ।

खानपानमा ध्यन दिँदैगर्दा पनि डन्डीफोरको समस्या देखिएमा रेटिनोल क्रिमको प्रयोग एक प्रमुख नियन्त्रणको उपाय हो । हप्तामा केही दिन र थोरै थोरै मात्रामा यो क्रिमको प्रयोग गर्नुपर्छ । दिउँसो सन्सक्रिम र राति रेटिनल क्रिम नियमित प्रयोग गर्नुपर्छ । यसरी प्रयोग गर्दा डन्डीफोर नियन्त्रण गर्न सकिन्छ ।

Mangalsen Mun Anurodh

तर घाउ हुने, पाक्ने खालको डन्डीफोरलाई एन्टिबायोटिक क्रिम वा औषधि नै प्रयोग गर्नुपर्ने हुन्छ । औषधि वा एन्टिबायेटिक क्रिम प्रयोग गर्नुपरेमा छालारोग विशेषज्ञको सल्लाह लिनु अनिवार्य हुन्छ ।

कस्तो स्किन केयर प्रयोग गर्ने ?
डन्डीफोरको समस्या भएका व्यक्तिहरूले जेल अथवा क्रिम बेस्ड सामाग्रस्हरू चलाउनुपर्छ । मोइस्चराइजरको नियमित प्रयोगले डन्डीफोर घटाउन मद्दत गर्छ । मोइस्चराइजरको नियमित प्रयोगले सुख्खापनबाट बचाउँछ र छालाको सतहको रक्षा गर्दछ ।

मेकअपका सामग्री किन्दा बजारमा प्रचारमा आएका वा जथाभाबी सामाग्री किन्नु हुँदैन । कागती, टुथपेस्टजस्ता छालालाई हानी हुने सामाग्री अनुहरामा लगाउनु हुँदैन र सुत्नुअघि सँधै मेकअप धोएर मात्रै सुत्नुपर्छ ।

व्यायामपछि आउने डन्डीफोर कसरी हटाउने ?
व्यायाम गर्नुअघि मुख धोएर जेल बेसको मोइस्चराइजर लगाउने तर मेकअप गर्न हुँदैन । व्यायामका समयमा आएको पसिना पुछ्न रुमालको प्रयोग गर्नुपर्छ । व्यायामपछि नुहाउने र फेसवासले मुख धुने गर्नुपर्छ ।

कसै कसैको शरीरका अन्य भागमा पनि डन्डीफोर आउने हुनाले व्यायामपछि नुहाउनु नै उपयुक्त हुन्छ । बाहिर निस्कँदा सन्सक्रिम र वा मोइस्चराइजर लगाएर हिँड्नुपर्छ । घामले डन्डीफोर बढाउने हुँदा छाताको प्रयोग गर्नु राम्रो हुन्छ ।

खानेकुराले पनि डन्डीफोर बढाउँछ त ?
चिल्लो पदार्थ, चिनी र क्यालोरी बढी भएका खानेकुराले डन्डीफोर बढाउँछ । त्यस्तै, चकलेट, दुधको परिकार, प्रोटिन पाउडरजस्ता खानेकुराले पनि यो समस्या बढाउँछ । अमिलो पिरो खानेकुरामा पाइने हिस्टामिन नामक रसायनले पनि डन्डीफोर बढाउने गरेको पाइएको छ ।

कस्तो छाला भएका व्यक्तिमा डन्डीफोर बढी आउँछ ?
रसायन र उमेरको प्रभावले आउने डन्डीफोर सबै किसिमको छाला हुने व्यक्तिमा देखिन सक्छ । आजकाल एक्सफोलिएट गर्ने चलन बढेको देखिन्छ । आफ्नो छालाको प्रकार थाहा नपाई धेरै एक्स्फोलिएट गर्दा सुख्खापन बढ्नजान्छ । जसले गर्दा सुख्खापन बढ्नगई डन्डीफोर आउने सम्भावना बढी हुन्छ ।

तेलीय छाला हुनेले हप्तामा एक पटक र सुख्खा छाला हुनेले महिनामा दुई पटकभन्दा बढी एक्सफोलिएट नगर्दा राम्रो हुन्छ ।

मास्कको प्रयोग गर्दा कस्ता कुरामा ध्यान दिने ?
मास्क धेरै बेरसम्म लगाएकै कारण धेरै गुम्सिनु, जलन हुनु, पसिनाले छाला सुख्खा बनाउनु, मोइस्चराइजर नपुग्नु कारणले पनि छालामा विभिन्न समस्या निम्त्याउनसक्छ । यसलाई कतिपयाले ‘मास्क्ने’ भन्ने गरेको पनि पाइन्छ ।

अमेरिकन डर्माटोलोजी सोसाइटीका अनुसार मास्क्ने आउने व्यक्तिले जेल बेस्ड मोइस्चराइजर लगाउन, मेकअप कम गर्न,छालालाई ३–४ घण्टाको फरकमा मास्कफ्री राख्न, सफ्ट फेसवासको प्रयोग गर्न सुझाव दिएको छ ।

मास्क लगाउँदा पनि कटन वा सिल्कको कपडावाला मास्क प्रयोग गर्ने र समय समयमा मास्क फेर्ने र सुत्नुअघि सफासँग मुख धुने अभ्यास गर्न सोसाइटीको सुझाव छ ।

-barakhari

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.