AHF नेपालको सरोकारवालासंग परियोजना शुरुवात बैठक मंगलसेनमा

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेनः – AHF नेपालको सरोकारवालाहरुसंग परियोजना शुरुवात बैठक मंगलसेनमा आईतबार सम्पन्न भएको छ । AHF नेपालद्धारा जिल्ला अस्पताल अछाममा संचालित ए.आर.टी साईड सम्बन्धी जिल्ला स्थीत सरोकारवालासँगको समन्वयत्मक बैठक स्वास्थ्य कार्यालयको हलमा सम्पन्न भएको हो ।

Samajik New Add 2082

जिल्ला अस्पताल अछामका डाक्टर भुवन जि.सीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती जिल्ला समुन्वय समितीका कार्यवहाक समुन्वय प्रमुख द्धावारीका प्रसाद उपाध्याय रहनु भएको थियो भने उक्त कार्यक्रमका विशिष्ट अथिती मंगलसेन नगरपालिका नगर उप–प्रमुख संगीता रावल सोडारी रहनु भएको थियो । कार्यक्रममा सहभागी सरोकारवालाले अहिले पनि एच,आई भि को बारेमा मानिस जानकार नरहेको भन्दै जनस्तरमा जनचेतना मुलक कार्यक्रम गर्नु पर्ने बताएका छन ।

Mellekh RM1

विशेष गरेर रोजगारीको लागी भारत गएर फर्केका मानीसबाट यो रोग सर्ने गरेको भन्दै यो रोगका बारेमा जनचेतना मुलक कार्यक्रम गर्न आवस्यक रहेको बताएका हुन । गाउँटोलमा अहिले पनि कतीपय मानीस रोगको बारेमा जानकार नरहेको,संकर्मण भए पनि स्वास्थ्य संस्थामा परिक्षणको लागि नजाने, लजाउने, समाजबाट अप हेलित हुन्छुकि भनेर रोग लुकाएर बस्ने गरेको भन्दै वडा तहमा जनचेतना मुलक कार्यक्रम गरे खुलेर आउने भएकाले सबै आफ्नो ठाउँ र क्षेत्रबाट पहल गर्नु पर्ने नगर उप प्रमुख सोडारीले बताउनुभयो । स्वस्थ जीवन भए मात्रै सम्पूर्ण कुरा सम्भव हुने भएकाले स्वास्थ्यलाई विशेष ख्याल गर्नु पर्ने उहाँको भनाइ छ ।

Saud Agro Kailash

उहाँले पनि कतीपय संक्रमीत जिल्ल्ला बाहीर उपचार गराईरहेको भन्दै रोग लुकाउने मुख्य समस्याको रुपमा रहेको बताउनुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अथिती उपाध्यायले संक्रमीतले नियमीत औषधी सेवन गरेको छ की छैन भनेर नीगरानी गर्नु पर्ने बताउनुभयो । एकदिन मात्रै कार्यक्रम गरेर नहुने भन्दै बिभिन्न संघसंस्थाहरुले यस्ता जनचेतनामुलक काय्र्रक्रमलाई निरन्तरा दिनुपर्ने यस्मा साथ सहयोग गर्नु आफुहरुपनि प्रतिबद्ध रहेको बताउनुभयो ।

AHF नेपालका प्रदेश संयोजक माधब राज पन्तले प्रस्तुतीकरण गर्दै एच.आई.भी रोगको अवस्था, खानपिन, सर्ने तरीका, बच्ने उपाय,संक्रमीतहरुलाई नियमीत औषधी कसरी खुवाउन सकिन्छ र यसलाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउनु भएको थियो । AHF नेपालले नेपाल लगाएत ४५ देशमा काम गरी रहेको र नेपालको प्रदेश १ बाहेक अरु सबै प्रदेका एच आई भी संक्रमीत उच्च रहेका जिल्लाहरुमा काम गर्दै आएको संयोजक पन्तले बताउनुभयो । अहिले प्रत्यक स्वास्थ्य संस्थामा गर्भवती महिलाहरुको परिक्षण गर्ने गरेकाले पछिल्लो समय अषधीले काम गर्न थालेपछि संक्रमण दर घट्दो रहेको उहाँको भनाइ छ ।

अछाममा अहिले ४ स्थानबाट औषधी बितरण हुदै आएको छ । जिल्लाभर हाल ६ सय ३९ जना संक्रमीतहरु औषधी प्रयोग गरीरहेको जनाईको छ । पहिलेको भन्दा अछाममा संक्रमण दर घट्दो मात्रामा रहेको तथ्याकले देखाएको छ । यो रोगको औषधी सरकारले नि शुल्क रुपमा बितरण गरीरहेको छ । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष झंकर भाट, स्वास्थ्य कार्यालय अछामका निमीत कार्यलय प्रमुख भुमीनन्द ढुंगाना मंगलसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्र प्रसाद ढुंगाना, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतीनीधी, पत्रकार लगाएतको सहभागीता रहेको कार्यक्रमको संचालन जिल्ला अस्पता अछामका सुचना अधिकारी गंगा बुढा मगरले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.