स्वावलम्वन डोटीद्धारा जनचेतनामूलक होर्डीङ बोर्ड वितरण

Samajik Bal biwaha

९ जेठ, अछामः

स्वाबलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड उपशाखा सिलगढीको आर्थिक सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीको समन्वयमा जनचेतनामूलक होर्डिङ बोर्ड बितरण कार्यक्रम सम्पन्न भएको छ । रु. ४९००० लागत मा ८ वटा जनचेतनामूलक बोर्ड बनाइ डोटी जिल्लाको मुख्य सडकमा राखियको हो ।

Mangalsen Mun Anurodh

स्वाबलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड राष्टृय स्तरको लघुबित्त बित्तीय संस्था हो । हाल नेपालमा ६१ जिल्लामा १५४ वटा शाखा मार्फत करिब २ लाख ६२ हजार सदस्यहरुलाई समुहमा आवद्ध गराइ सेवा दियको जनाईएको । संस्थामा २० अर्ब लगानी भएको र सदस्याहरु बाट करिब १३ अर्ब निक्षेप संकलन गरि बचतमा रहेको छ । 

उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालयको सभाहलमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजिर सिंह खड्का रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि प्रहरी प्रमुख उपरीक्षक राजेन्द्र प्रसाद धमाला रहनुभएको थियो । स्वाबलम्बन लघुबित्तका कार्यलय प्रमुखले स्वागत मन्तब्यका साथै कार्यक्रमका बारेमा जान्कारी गराउनु भएको थियो । देशका विभिन्न ठाउँमा दिनहुुँ भैरहेका सवारी दुर्घटनामा कयौं नागरिकको ज्यान नजाओस भन्ने मुल उदेश्यका साथ ट्राफिक नियमको पालना सबै नागरिकको दायित्व होस भन्ने उदेश्यले उक्त बोर्ड बाट सन्देश दिएको छ ।

उक्त कार्यक्रममा जिल्ला स्थित प्रहरी कर्मचारी र स्वाबलम्बनका कर्मचारीहरुको उपस्तिथि रहेको स्वाबलम्बल लघुबित्त बित्तीय संस्था सिल्गढीका कर्मचारी मातृका प्रसाद ढुंगाना ले जानकारी दिनु भयो । स्वाबलम्बन डोटि शाखा द्वारा ट्राफिक प्रहरी लाई करिब पचास हजार बराबरको चेतनामुलक सामग्री समेत हस्तान्तरण गरिएको छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.