कैलालीको गोदावरीमा एक महिला मृत्य अवस्थामा फेला

Purnima Mobile
Kirci Gyan Kendra

४ असारः

Samajik New Add 2082

कैलालीको गोदावरीमा एक महिला मृत्य अवस्थामा फेला परेकी छन । सोमबार बिहान गोदावरी न.पा.२ आदर्श गल्लीमा नामथर, वतन
नखुलेकी अन्दाजी २५/३० बर्षकि महिला मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Mellekh RM1

खैरो जिन्स पाईन्ट, कालो कलरको टिसर्ट लगाएकी महिला मृत अबस्थामा फेला परेकी र यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट थप
अनुसन्धान भईरहेको जनाईएको छ ।

लागु औषध सहित मानिस पक्राउ

Saud Agro Kailash

अवैध लागु औषध सहित कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट तिन जनालाई पक्राउ गरिएको छ । कञ्चनपुर भिमदत्त न.पा.१२ ओदालीबाट लागु औषध सहित १ जनालाई पक्राउ गरिएको छ । स्थानीय २७ वर्षिय शंकरदत्त भट्टलाई अबैध RAXOGESIC नाम गरेको ८ सिसि, जेनारगन २ सिसि र २ गोटा लागु औषध चरेश सहित पक्राउ गरिएको हो ।

भट्टले चलाएको बा ७१ प ३१६९ नं. को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा निजको दाहिने खुट्टा र हातमा चोट लागी सामान्य घाईते भएको भनि स्थानियले खबर गर्नासाथ ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले सामान्य उपचार गरी चेकजाँच गर्दा निजको साथबाट लागु औषध समेत फेला पारेको थियो । तत्पश्चात अवैध लागु औषध सहित भट्टलाई नियन्त्रणमा राखिएको जनाईएको छ ।

यसैगरि, आईतबार वेलुकी जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ६ हात्तीबोझा बस्ने बर्ष २६ को बिरेन्द्र बडायक भारतबाट नेपाल तर्फ साईकलमा सवार भई आउदै गरेको अबस्थामा निजलाई चेकजाँच गर्दा निजको साथबाट ०.३७ मि.ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । उनजलाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरि, आईतबार साँझतिर जि. कैलाली जानकी गा.पा. ४  बस्ने बर्ष १९ को नबीन कठरीयालाई २०० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलीका सामानहरु पक्राउ

कैलाली धनगढी उमनपा ३ चटकपुर स्थित भारतबाट भन्सार छलि गरी ल्याएका अंन्दाजी रू.१२ हजार बराबरको खाने तेल, नरिवल, सुपर पावर सुर्ती, बिडी लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिई गएको प्रहरी टोलीले आईतबार साँझ बेवारीसे अवस्थामा फेला पारी पक्राउ गरेको छ । यसैगरि, सोमबार बिहानतिर धनगढी उमनपा १८ थापाघाट स्थित भारतबाट ल्याएका अबैध बोईलर कुखुरा, युरिया मल गरी अंन्दाजी रू.१४ हजार बराबरको सामान ईलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिई गएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रशरी कार्यालय कैलालीले जनाएको छ । ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.