ढकारी गाउँपालिकाले गर्भवती महिलालाई १ हजार पाेषण भत्ता दिने

Samajik Bal biwaha
Mangalsen Mun Anurodh

अछामको ढकारी गाउँपालिकाले गर्भवती महिलालाई मासिक भत्ता दिने भएको छ ।

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा मासिक भत्ता दिने कुरा उल्लेख गरेको छ ।

आर्थिक वर्ष  २०८०/०८१ को साउन १ गते  देखि लागु हुने गरि ढकारी गाउँपालिका भित्रका  गर्भवती भएको १ महिना देखि ९ महिनासम्मका  गर्भवती महिलालाई गर्भवती संग उपाध्यक्ष कार्यक्रम संचालन गरि महिनाको रू १००० एक हजार पोषण भत्ता  दिने गाउँपालिका अध्यक्ष प्रकाश साउदले बताउनुभयो ।

गर्भवती महिला र पेटमा रहेको बच्चाको स्वास्थ लाई ध्यानमा राख्दै उक्त कार्यक्रम ल्याएको अध्यक्ष साउदको भनाइ छ ।

पोषण भत्ताका लागी पालिकाले बजेट बिनियोजन गरिसकेको र आवश्यक कार्यविधि बनाइ साउन महिना बाट पोषण भत्ता उपलब्ध गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक नारायण पोखरेलले बताउनुभयो ।

-sadakmedia

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.