
अछाम, १७ असारः
पालिका स्तरीय पूर्ण सरसफाईको लागि खानेपानी तथा सरसफाई स्वच्छता सम्वन्धि अभिमुखिकरण कार्यक्रम मंगलसेनमा गरिएको छ । बहुक्षेत्रीय पोषण योजना अन्तरगत मंगलसेन नगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।

नगर प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा खानेपानी तथा सरसफाई स्वच्छताका विविध विषयमा छलफल गरिएको छ । नगरपालिकाका सबै वडामा खानेपानीमा कोलिफर्म परिक्षण गर्ने विषयमा पनि कार्यक्रममा छलफल गरिएको छ । पूर्ण सरसफाई युक्त र पोषणमैत्री नगर घोषणाका लागि सबै सूचक पुरा गर्ने गरि कार्यहरु निरन्तर अगाडि बढाउने विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख संगिता कुमारी रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी लगायत विविभन्न वडाका वडा अध्यक्ष, विषयगत शाखा प्रमुख, कर्मचारी लगायतको सहभागीता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा सुआहाराका कार्यक्रम संयोजक सेत बहादुर भुल र मंगलसेन नगरपालिका पोषण सम्पर्क व्यक्ति शिद्दराज ढुंगानाले बहुक्षेत्रीय पोषण कार्यक्रमको अवस्था र प्रगति सहितको प्रस्तुतीकरण राख्नुभएको थियो ।
