खप्तड, राष्ट्रिय निकुञ्ज कि कि चरन क्षेत्र ?

Samajik Bal biwaha

दानबहादुर साउद:
खप्तड समुन्द्री सतह देखि करीब ३२०० मिटर भन्दा बढीको उचाईमा अवस्थित नेपालमा सिमित अलौकिक धार्मिक एवं प्राकृतिक धरोहर मध्य एक हो । खप्तकको जैविक विवधिता धार्मिक महिमा र प्राकृतिक सुन्दरताले अतुल्य छ । देवीदेवताहरुको शयर गर्ने पवित्र भुमी खप्तड १००८ परमहंश स्वामी सच्चिदानन्द सरस्वतिको ध्यान केन्द्र बन्यो र ५२ बर्षको अनन्त तपस्यापछि वहाँ खप्तड बाबाका नामले प्रसिद्ध हुनुभयो । खप्तड आफैमा ओझेलमा रहेता पनि खप्तडबाबाका कारणले यसको महत्व, महिमा र ख्यातिलाई उचाईमा पु¥याउन सहयोग पुगेकोे छ । खप्तडबाबाका तमाम जीवनपयोगि र ज्ञानबद्र्धक कृतिहरुले मानवहितमा सहयोग पुगेको छ । खप्तडको नामाकरणका सम्बन्धमा स्कन्द पुराणमा खप्तडलाई खेचराद्री भनिएको छ, जसको अर्थ देवताहरुको प्रिय भुमी हो । पाण्डव र युधिष्टर यतैबाट स्वर्ग गएका थिए रे । तत्कालिन समयमा गंगातटहुँदै तिब्बतसम्म व्यापार हुनेगर्दथ्यो लामोयात्रा पश्चात शक्तिसंचय र चरनका लागि खच्चर बस्ने स्थान भएकाले खप्तड रहेको हो भन्ने भनाई पनि छ । स्थानीय जनश्रुति अनुसार यहाँ रहेको खापरदहको नामबाट पनि खप्तड रहन गएको भन्ने भनाई छ । ईतिहासका अनुसार यो क्षेत्रमा डरलाग्दा शिकारी जातका कससिटिज साकमुलका मानिसहरु मध्य एशियाबाट इरानहँुदै पश्चिमी तिब्बत आईपुगेको भनिन्छ । केहि जातका मान्छेहरु तल्लो मानसखण्ड (खप्तड, बडीमालिका)मा बसोबास गरेको हुनुपर्छ । यसरी खप्तडमा बसोबास गर्ने सिलसिलामा उनीहरु आफुलाई “हेप्टालिज” र हजारौ बर्ष पछि खप्तडी भएको अनुमान गरिन्छ । धार्मिक ग्रन्थहरुमा यस क्षेत्रमा विभिन्न जातजातिहरुले बसोबास गरेको र आज भन्दा चार पाँचहजार बर्ष पहिले यक्षहरुका राजा कुवेरले तल्लो मानसखण्ड (बडीमालिका)मा शासन गरेका थिए । वैदिककालमा आर्यहरु नागा किराँतहरु र यक्षहरुसंग सम्पर्कमा आएको भनिन्छ । संभवतः उनीहरु तिब्बतका साकाज र हुन्सहरुसंग पनि सम्पर्कमा भएको अनुमान इँतिहाँसविदहरुको छ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान अटकिन्सन्सले भन्नुभएको छ मध्य हिमालीखण्डमा बस्ने खसहरु यक्षहरु भन्दा अरु कोहि थिएनन् । वास्तवमा खप्तड एतिहाँसिक दृष्टिकोणले अनुसन्धानत्मक पर्यटकिय क्षेत्र हुनसक्ने र लामो ईतिहाँस फेलापर्न सक्ने थुप्रै संभावना रहेको ईतिहासविदहरुको दावी छ ।

खप्तड २२ पाटन (घाँसे मैदान), ९ वटा दह र ५२ थुम्का, हरियाली जंगल र नागबेली भएर बग्ने खोलाहरुले सजिएको सुन्दर भूभाग हो । यो सुदुर पश्चिम प्रदेशको अतुल्य धार्मिक एवं पर्यटकिय थलो हो । खप्तड त्रिवेणी नदिको किनारमा रहेको शिव मन्दिरमा बर्षेनी जेष्ठ शुक्ल पूर्णिमाका दिन श्रद्धाभक्ति सहित गंगादशहरा मेला लाग्ने गर्दछ । यसैगरी भाद्र असोज शुक्ल पूर्णिमाका दिन खापरदह मेला लाग्ने गर्दछ । यसै अवसरमा थुप्रै दर्शनीय स्थलहरुमा खप्तड बाबाको आश्रम, नागढुंगा, केदारढुंगा, बल्ल जुरे (जोरुको जुरो जस्तै), गणेश मन्दिर आदिमा शयर गर्न सकिन्छ । भनिन्छ, भगवान शिव विवाह अघि बैधनाथधाममा बास बसेका र त्यसपछि खप्तडमा आर्युवेद जडीबुटीको प्रयोग गरी बस्ने गर्नु भएको थियो । विवाह पछि चन्दन गिरीमा (सिलगढी) बास भएको र आदर्श पुरुष श्रीरामले शिवको दर्शन चन्दन गिरीमा गर्नु भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

Mangalsen Mun Anurodh

खप्तड धार्मिक क्षेत्रमा प्रसिद्ध भए जस्तै प्राकृतिक सम्पदाका दृष्टिकोणबाट पनि धनी छ । नेपालमा पाईने ६ सय ३० प्रकारका जडीबुटी मध्ये खप्तडमा २२४ प्रकारका जडीबुटी पाईनछन् । यसै गरी ८५८ प्रकारका पंक्षी मध्ये २६६ प्रकारका पंक्षीको बास स्थान हो, यसै गरी ३७० प्रकारका फुलहरुमध्ये १३५ थरीका फुलले सजिन्छ खप्तड । ३४ प्रकारका जंगली वनस्पतिमध्ये खप्तड क्षेत्रमा १६ प्रकारका जंगली वनस्पति पाईन्छन्, संगसंगै २४ जातका रुखहरु, २३ प्रकारका झाडीहरु, ११ प्रकारका घाँसहरु २० प्रकारका जंगली जनावरहरुमा लोपोन्मुख कस्तुरीले खप्तडलाई पनि बासस्थान बनाएको छ । खप्तड २२५ वर्ग किमीमा सिमित भएता पनि साँस्कृतिक, सामाजिक, धार्मिक र प्राकृतिक सम्पदाका दृष्टिकोणले धनी छ र अझै गहन अध्ययन हुन नसकेको कुरा जानकारहरु बताउँछन् । खप्तडमा गल्फ, हिउँमा खेलिने खेल आईस स्केटिङ, घोडदौड, फिल्म सुटिङका कुरा गरेता पनि सबै खाले पूर्वाधारमा सडक, हवाई यातायात, उपयुक्त बासस्थान, प्रभावकारी स्वास्थ्य सेवा जस्ता पक्षहरुले अर्थ राख्छ ।

वि.सं २०४२ सालमा स्थापना भएको खप्तडलाई पर्यटकमैत्री र व्यवस्थित बनाउन हालसम्म करोडौ खर्च भईसकेको छ तर अवस्था उस्तै छ । २०६३÷०६४ मा गठन भएको खप्तड क्षेत्र विकास समिति २०७५ देखि प्रदेश सरकारको मातहतमा आईसकेको छ तर पनि काम सन्तोषजनक देखिदैन । खप्तड क्षेत्र विकास समितिको पहलमा आयोजना गरिएको प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनमा आगन्तुक अधिकाँश सन्तुष्ठ थिएनन् र जेठ २३ देखि २५ गतेसम्म संचालन हुने भनिएता पनि त्यसैदिन कार्यक्रम लगभग सम्पन्न भईसकेको थियो । कार्यक्रममा प्रधानमन्त्री, योगगुरु रामदेव, आर्युवेदका ज्ञाता बालकृष्ण आचार्य र पतंजली योगपिठका १४ जना डाक्टरहरु, अमेरिका, भारत र ईजरायलका राजदुत र नेतागणहरुको सहभागिता रहेको थियो । यस अभियानबाट खप्तडकको प्रचारप्रसारमा त योगदान पुग्ने नै छ तर जनु व्यवस्थापन र विकासको अपेक्षा गरिएको थियो त्यसले मन उदास बनायो । खप्तडको विकासका लागि प्रधानमन्त्रीे लुम्बिनी बिकास कोषको मोडेलमा वा प्रतिष्ठानको रुपमा विकास गर्ने सन्दर्भमा बहस गर्ने बताउनु भएको छ । तर बर्षेनी सरकार फेरिने देशमा विश्वास गरिहाल्न सक्ने अवस्था छैन । त्यसो त बाबा रामदेवले खप्तडको विकासका लागि प्रचार प्रसार दुत बन्ने र सरकारले खप्तडको विकासका लागि बनाउने नीति तथा कार्यक्रलाई सहयोग गर्ने बताउनु भएको छ । बाबा रामदेव र बालकृष्ण आचार्य दुवैले खप्तडलाई स्वीट्जरल्याण्डसंग तुलना गर्नु भएको थियो ।

बालकृष्ण आचार्यले मुख्यमत्रीलाई खप्तडबाबाको कुटीलाई जीर्वोदार गरी दैनिक लिपपोत र कम्तिमा धुपसम्म बाल्ने व्यवस्थाका लागि अनुरोध गर्नु भएको छ । २०७४ देखि हालसम्म करीब १७००० ले खप्तडको भ्रमण गरेका छन भने बर्षेनी लगभग ७ जनाको हाराहारीमा विदेशी पर्यटक आउने गरेको तथ्यांकले देखाउछ । खप्तडको विकासमा करोडौ लगानी भएको देखिन्छ । के सुपको आर्थिक समृद्धिमा खप्तडले यहि गतिमा योगदान पुर्याउन सक्ला त ? त्यसो भए के गर्दा खप्तडले पर्यटक तान्न सक्ला ?

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.