
२२ श्रावणः
खाइपाइ आएको पारिश्रमिक घटाएको भन्दै आन्दोलनरत अछामको रामारोशन गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुको आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिले ऐकेवद्धता जनाएको छ । संगठनका जिल्ला अध्यक्ष झपट बहादुर थापाले एक विज्ञप्ति जारि गर्दै कार्यरत कर्मचारीहरुको तलव स्केल भारि अंकमा घटाउने निर्णय गरिनु अन्यायपूर्ण, अविवेकी र अदुरदर्शी निर्णय भएको बताउनुभएको हो ।

“यस निर्णय प्रति नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति अछामको गम्भिर ध्याँनाकर्षण भएको छ”, विज्ञप्तीमा भनिएको छ । श्रमजिवी कर्मचारी तथा शिक्षकको दैनीक जिवीकोपार्जन तथा मर्यादामा समेत चोट पुग्ने निर्णयलाई गाउँपालिका र आन्दोलनरत शिक्षक कर्मचारीहरु बीच समन्वय र सहकार्य गरि उक्त निर्णय सच्याउँन जोडदार माग समेत विज्ञप्ति मार्फत गरिएको छ ।
हेर्नुहोस विज्ञप्तीः
